मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती सार्वजनिक



काठमाडौँ ।

सूर्य नेपालको सहायक कम्पनी सूर्य नेपाल भेन्चर्सले नेपालमा मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती सार्वजनिक गरेको छ । यो नयाँ उत्पादनमा परफ्युमबाट प्रेरित तीन प्रिमियम सुगन्ध एब्सोल्युट, रोयल÷इन्टेन्सिटी एउटै प्याकमा समावेश गरिएको कम्पनीले जनाएको छ । परम्परागत सुगन्धसँग आधुनिक अनुभवलाई जोड्दै मङ्गलदीप सेन्ट ३ इन १ लाई नेपाली उपभोक्ताको बदलिँदो रुचि र जीवनशैलीलाई ध्यानमा राखी विकास गरिएको हो ।

चारकोलरहित तथा लामो समयसम्म टिकिरहने सुगन्ध यसको प्रमुख विशेषता रहेको कम्पनीले जनाएको छ । एउटै प्याकमा तीन फरक सुगन्ध उपलब्ध भएकाले उपभोक्ताले आफ्नो रुचि, मुड वा अवसरअनुसार छनोट गर्न सक्नेछन् ।‘मङ्गलदीप सेन्ट ३ इन १ ले नेपाली उपभोक्तासमक्ष नवीन र सोच–विचारपूर्वक तयार पारिएका उत्पादन ल्याउने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ । परफ्युमबाट प्रेरित तथा चारकोलरहित सुगन्धमार्फत हामीले उपभोक्तालाई स्वस्थकर विकल्प तर थप आनन्ददायी दैनिक अनुभव दिन खोजेका हौँ ।

सेन्ट ३ इन १ लाई सार्वजनीकरण गरी नेपाली उपभोक्तालाई बुझ्दै र उनीहरूको बदलिँदो आवश्यकताअनुसार अघि बढ्दै जाने हाम्रो निरन्तर लगानीलाई पुनः पुष्टि गर्दछ,’ सूर्य नेपाल प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक गौरव तायलले भने ।मङ्गलदीप अगरबत्तीको क्षेत्रमा लामो समयदेखि विश्वसनीय नामका रूपमा स्थापित छ । सेन्ट ३ इन १ मार्फत ब्रान्डले परम्परा र आधुनिक सुगन्ध अनुभवलाई एकै ठाउँमा ल्याउँदै आफ्नो उत्पादन पोर्टफोलियोलाई थप विस्तार गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ५ गते सोमबार