रसुवा ।
रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बल (एपीएफ) को उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकाको जीवितै उद्धार गरेको छ । बाढी–पहिरोका कारण टिमुरे क्षेत्रमा ठुलो क्षति पुगेपछि उद्धार तथा खोजी कार्यमा खटिएको एपीएफको टोलीले बालिकालाई माटोमुनि पुरिएको अवस्थामा फेला पारेको हो ।
उद्धार टोलीले बालिकालाई तत्काल माटोबाट बाहिर निकालेर उपचारका लागि स्वास्थ्य संस्थातर्फ पठाएको छ । बालिकाको अवस्था र पहिरोमा पुरिनुको थप विवरण खुल्न बाँकी छ । घटनापछि टिमुरे क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् ।
प्रकाशित मिति : २०८३ भदौ १३ गते शनिबार








प्रतिक्रिया दिनुहोस्