सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर



काठमाडौँ ।

सुविसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ । सुविसु लिमिटेडका सीईओ विनयमोहन साउद र र सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले एनपीएलको आगामी सिजनका लागि सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरे । सहकार्यसँगै टोलीको डिजिटल कनेक्टिभिटी तथा इन्टरनेट आवश्यकतामा सुबिसुले साझेदारी गर्नेछ ।

सुविसु लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदले खेलकुदको उत्साहसँगै भरपर्दो र गुणस्तरीय इन्टरनेट अनुभवलाई जोड्ने उद्देश्यले सहकार्य गरिएको बताए । ‘यस सहकार्यबाट हामी खेलकुदको उत्साहसँगै भरपर्दो र गुणस्तरीय इन्टरनेट अनुभवलाई अझ नजिकबाट जोड्ने प्रयास गर्नेछौँ । नेपाली क्रिकेटको विकास र प्रवद्र्धनमा सुबिसुको निरन्तर प्रतिबद्धता रहनेछ,’ साउदले भने ।

सुविसु लिमिटेडका अध्यक्ष सुरेन्द्रबहादुर श्रेष्ठले एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याइरहेको बताए । ‘एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याइरहेको छ । सुदूरपश्चिम रोयल्ससँगको यो सहकार्य सुबिसुको खेलकुदप्रतिको निरन्तर प्रतिबद्धता हो । नेपाली खेलकुदको विकासमा हाम्रो सहकार्य आगामी दिनमा पनि जारी रहनेछ,’ उनले भने । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सुविसुसँगको सहकार्यले टोलीको व्यावसायिक र डिजिटल पक्षलाई थप मजबुत बनाउने बताए ।

‘सुविसुसँगको सहकार्यलाई हामीले केवल व्यावसायिक साझेदारीका रूपमा मात्र हेरेका छैनौँ । नेपाली क्रिकेट र विशेषगरी सुदूरपश्चिम रोयल्सको यात्रामा प्रविधि र डिजिटल कनेक्टिभिटीको भूमिका महत्वपूर्ण छ । सुविसुसँगको सहकार्यले हाम्रा समर्थक र टोलीबीचको सम्बन्धलाई अझ नजिक बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ,’ खड्काले भने । सुदूरपश्चिम रोयल्सले आगामी एनपीएल सिजनका लागि टोली निर्माणलाई तीव्रता दिइरहेको छ । टोलीले यसअघि इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई पहिलो विदेशी खेलाडीका रूपमा पुनः अनुबन्ध गरिसकेको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रबार