‘२१ वर्षिय सुन्दरी केटीलाई केटा चाहियो’ भन्दै पत्रिकामा बिज्ञापन



सोधे – कुन ठाउँमा परो होला ? मोरङ जिल्ला ।

मोरङको कुन ठाउँमा ? दुलारी गाविस हो ।

९८४३२८४२४२ नम्वरको मोवाईलमा ३ घण्टीभन्दा वढी बज्न नपाउदै फोन उठ्यो ।” पुरुषको आवाज आयो हेलो ! हेलो ! कान्तिपुर दैनिकको पृष्ठ ११ को वर्गकृत डिस्प्लेमा छापिएको यो विज्ञापन पनी हेनुस् न । किन होला ? ती पुरुषले सोधे । ए,अ मैले कान्तिपुरमा विज्ञापन हेरेको थिए अनि फोन गरेको ।

उनले भने – हो हो मैले विज्ञापन गरेको । उनी मेरो भान्जि हुन् । उसको विहे गर्नुपर्ने थियो । उनले सरासर भनिरहे । तपाई कहाँवाट हो ? त्यति भनिसकेपछि उनले प्रश्न गरे ।

ए, म यहिँ । यहिँ भनेको ? काठमाण्डौवाट । उनले सोधे , तपाई के गर्नुहुन्छ ? म खासै केहि गर्दिन ।

केहि नगर्नेलाई त हामी भान्जी दिदैनौ । मैले सोधे – अनि यो विज्ञापनमा त २१ वर्षिय सुन्दर सुशिल रोजगार क्षेत्री कन्यालाई ३४ वर्षभन्दा माथीको कुमार,विदुर डिभोर्स जुनसुकै जातवर्गको जिवनासाथी चाहियो भनेर विज्ञापन गर्नुभाको छ त ? किन धेरै उमेर भाको केटा खोज्नुभाको ?

उनले भने “मेरी भान्जीले ९ कक्षा मात्र पढेकी छिन् । धेरै पढ्न सकेकी छैनन् । उनको उमेरका केटाहरुले धेरै पढेका हुन्छन् । फेरी भान्जिको उमेरका केटाहरुसगँ विहे गर्दा घरवार राम्रो नभाको पनी देखेका छौ । घरजम अलि दिगो हवस् भन्ने चाहेरै अलि पाको उमेरको केटा खोजेको हो ।”

अनी ९ कक्षा पढेकी तपाईको भान्जी जागिरे छिन् त ? अ अहिल्य काठमाण्डौको होटल साग्रिलामा तालिम लिईरहेकी छिन् अव ‘जव’ गर्छिन ।

ए हुन्छ मैले किन यति धेरै फरक उमेरमा विवाह गर्न खोज्नुभएको रैछ भनेर जान्नको लागी फोन गरेको ।ए,, ल हुन्छ ठिकै छ ।

Morang Online

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २६ गते बुधबार