रियलमीको स्मार्ट वेयरेबल पोर्टफोलियो नेपालमा



काठमाडौँ।

रियलमीले नेपालमा आफ्नो एआईओटी इकोसिस्टमलाई थप सुदृढ बनाउने उद्देश्यका साथ स्मार्ट वेयरेबल उत्पादनहरूको आकर्षक पोर्टफोलियो उपलब्ध गराएको छ । उत्कृष्ट अडियो अनुभव र स्मार्ट कनेक्टिभिटी प्रदान गर्ने लक्ष्यसहित कम्पनीले रियलमी बड्स टीहन्ड्रेड , रियलमी बड्स टी टुहन्ड्रेड, रियलमी बड्स टी फाइभहन्ड्रेड प्रोटिफ्रियलमी वाच डब्लुफाइभ नेपाली बजारमा उपलब्ध गराएको हो ।

यी उत्पादनहरू विभिन्न मूल्य वर्गमा उपलब्ध भएकाले उपभोक्ताले आफ्नो आवश्यकता र बजेटअनुसार सहज रूपमा छनोट गर्न सक्नेछन् । दैनिक प्रयोगलाई लक्षित गरी डिजाइन गरिएको रियलमी बड्स टीहन्ड्रेडमा १० एमएम डाइनामिक बास ड्राइभर, ब्लुटुथ ५.३, स्पष्ट भ्वाइस कलका लागि एआई न्वाइज क्यान्सलेसन, आइपीएक्सफाइभ रेटिङसहितको पानी र पसिनाबाट सुरक्षित रहने सुविधा, टाइप–सी चार्जिङ तथा चार्जिङ केससहित कूल २८ घण्टासम्म प्लेब्याकको सुविधा रहेको छ । कालो रंगमा उपलब्ध यस इयरबडको मूल्य रु.२,४९९ निर्धारण गरिएको छ ।

उत्कृष्ट र अझ गहिरो अडियो अनुभव चाहने प्रयोगकर्तालाई लक्षित रियलमी बड्स टी टुहन्ड्रेडमा १२.४ एमएम डाइनामिक बास ड्राइभर, हाई–रेज अडियोसपोर्ट, ब्लुटुथ ५.४ तथा बाह्य आवाज कम गर्ने एक्टिभ न्वाइज क्यान्सलेसन सुविधा उपलब्ध छ । साथै, यसमा टच कन्ट्रोल, आइपीफाइभफाइभ रेटिङसहितको पानी र पसिनाबाट सुरक्षित रहने सुविधा तथा एक पटकको चार्जमा १० घण्टासम्म प्लेब्याकको सुविधा रहेको छ । हरियो रंगमा उपलब्ध रियलमी बड्स टी टुहन्ड्रेडको मूल्य रु. ४,४९९ तोकिएको छ ।

प्रिमियम अडियो अनुभव र एआईमा आधारित स्मार्ट सुविधाको खोजी गर्ने प्रयोगकर्तालाई लक्षित रियलमी बड्स टी फाइभहन्ड्रेडमा १२.४ एमएम टाइटेनियम प्लेटेड डाइनामिक ड्राइभर, ब्लुटुथ ६.१, एक्टिभ न्वाइज क्यान्सलेसन तथा एकपटक चार्जमा १३.५ घण्टासम्म प्लेब्याकको सुविधा रहेको छ । साथै, यसमा एआई लाइभ ट्रान्सलेटर र एआई फेस–टु–फेस ट्रान्सलेटर जस्ता सुविधा समावेश गरिएका छन्, जसले विभिन्न भाषाबीचको प्रत्यक्ष संवादलाई अझ सहज बनाउँछ । कालो रंगमा उपलब्ध यस इयरबडको मूल्य रु. ७,४९९ तोकिएको छ ।

यस पोर्टफोलियोलाई पूर्णता दिने रियलमी वाच डब्लुफाइभमा १.९७ इन्चको एमोलेड टचस्क्रिन डिस्प्ले, स्वास्थ्य अवस्था निरन्तर अनुगमन गर्ने सुविधा, स्मार्ट कनेक्टिभिटीका विभिन्न फिचर तथा सामान्य प्रयोगमा १४ दिनसम्म टिक्ने ब्याट्री क्षमता रहेको छ । यो स्मार्ट वाच आईओएस ११ तथा एन्ड्रोइड ९.० वा सोभन्दा माथिका डिभाइससँग उपयुक्त छ । कालो रंगमा उपलब्ध यस स्मार्ट वाचको मूल्य रु. १०,९९९ निर्धारण गरिएको छ ।

स्मार्ट वेयरेबल उत्पादनहरूको पोर्टफोलियोलाई निरन्तर विस्तार गर्दै रियलमीले आधुनिक प्रविधि, आकर्षक डिजाइन, उत्कृष्ट कार्यसम्पादन र दैनिक प्रयोगमा सहजता प्रदान गर्ने उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । उत्कृष्ट वायरलेस अडियो अनुभवदेखि स्मार्ट जीवनशैलीलाई सहज बनाउने वेयरेबल प्रविधिसम्म, कम्पनीका यी उत्पादनहरूले स्मार्ट, सुविधाजनक र अझ बढी कनेक्टेड जीवनशैली अपनाउन चाहने उपभोक्ताका लागि भरपर्दो विकल्प प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १२ गते मंगलबार