खड्का निवासमा देउवा समूहका शीर्ष नेताहरूको बैठक



काठमाडौँ ।

नेपाली कांग्रेसको देउवा समूहका सिनियर नेताहरूको बैठक सुरु भएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का निवासमा बैठक सुरु भएको हो । बैठकमा खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, महालक्ष्मी उपाध्याय ‘डिना’, डा।शशांक कोइराला सहभागी छन् ।

त्यस्तै नेताहरू रमेश लेखक, एनपी साउद, डा।प्रकाशशरण महत, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुङ्गाना, वीरबहादुर बलायर, श्याम घिमिरे र मोहनबहादुर बस्नेत सहितका नेताहरू उपस्थित छन् ।

बैठकमा पार्टीभित्रको आन्तरिक विवादबारे छलफल हुने नेता डा।महतले जानकारी दिए । गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नभएको समूह त्यसपछि पार्टीको सत्ता बाहिर छ । यसअघि सात प्रदेशमा आफ्नो समूहको भेला गरेको समूहका शीर्ष नेताहरूको यो बैठकबाट राष्ट्रिय भेला बोलाउने निर्णय हुनसक्ने एक नेताले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १९ गते शुक्रबार