सनत रेग्मी
म – गगनगन्जज टोलको बूढो पीपल । म भर्खर बिउबाट निस्किएको एउटा साधारण बिरुवा थिएँ, जब १९४० सालतिर गगननगन्ज टोलमा नयाँ–नयाँ घरहरू उठ्दै थिए। त्यही बेला मेरो नाजुक जरालाई माटोमा गाडियो,को थियो रामजानकि मन्दिरको निर्माणर प्राण प्ततिष्ठा सँगै। सायद कसैले धर्मको पुण्य सम्झेर रोपेको थियो, तर तेतिबेला मलाई थाहा थिएन—म केवल एउटा बिरुवा मात्र न भ, यस टोलको साक्षी बन्नेछु।सुरुका दिनमा म सानो थिएँ। बालबालिकाहरू मेरो वरिपरि खेल्थे, महिलाहरू मन्दिरमा पूजाआजा गरेर फर्कँदा मलाई जल छर्कन्थे मेरो पात छोएर आशीर्वाद माग्थे। गर्मीका दिनमा मेरो सानो छायाँ पनि कसैका लागि ठूलो राहत बन्थ्यो। समयसँगै म बढ्दै गएँ, मेरा हाँगाहरू फैलिँदै गए, र मेरो छायाँ घना बन्दै गयो। म संगै यो टोल पनि वढदै हुर्किदै गयो।शुरूमा कठमहलका केहि कर्मचारि हरूका मात्र घर थिए।विस्तारै कठमहलदेखि सहावा सम्म बस्ति बस्यो।खर्दार साहब मुखियासाहब जिमिदार हरू ले घर महल बनाए।भारतीय बजारबाट आएका पछिल्लो खेपका बैस्य र मुस्लिम व्यापारी आए।अनि मेरोछेउबाटै पश्चिम तिर नयाँलाइन वस्यो।उत्तरको कुनामा नयाँ शिवालत बन्यो।सामाजिक आवश्यकताले विभिन्न पेसा का बढहि ठबही नाउ तेली नाउ कहार दर्जी हलवाइ हरू को आवादि वढदै गयो ।मेरो छेउको शिवालय अगाडीपुर्बतिर नया लाइन बन्यो।र त्यसैको नजीक कुनै धरमात्मा महाजनले फुलवरीसहितको मन्दिर बनाए। मन्दिरकै पशचिम पट्टि भगवानलाइ समर्पित गरेर तलाऊ खनाए घाट हरू बनाएर नाम दिए भगवान तलाउ।म हुर्किदै गएँ। मेरो टोल पनि हुर्किदै गयो।
कसैले महुर्किए पछी मेरो छौतारो चिनाइदियो।मैले देखेँ—यहाँका घरहरू बनिँदै, बिग्रँदै, फेरि सजिँदै गए। कोही जन्मिए, कोही विदा भए। विवाहको बाजा बज्दा मेरा पातहरू पनि हावासँगै नाचे। शोकका दिनमा भने म चुपचाप उभिएर आँसुका साक्षी बनेँ। म बोल्न सक्दिनँ, तर मेरो प्रत्येक पातले यो टोलको कथा बोकेको छ।
पहिले यहाँको हावा कति स्वच्छ थियो! चरा–चुरुङ्गी मेरो डालीमा गुँड बनाउँथे। बिहानको घामसँगै उनीहरूको चिरबिरले टोल नै बिउँझिन्थ्यो। साँझ मेरो चौतारोमा मानिस हावा खान बस्थे यहाँको गरनमीमा उनिहरूलाई शीतल हावा खुवाउँदा मलाई असीम शान्ति हुन्थ्यो म उनिहरूको सुखदुका कुरा सुन्थे सुखकाकुरासुनेर रमाउँथे दुखका कुरा सुरेर दुखि हुनथे।टोलवासी मलाई माया रश्रद्धा गर्दथे ।मेरो चौतारो टोलको सबै समस्याको चिन्तनको चौतारो भएको थियो।रतर बिस्तारै समय बदलियो।मोटरसाइकल, गाडी, धुलो र धुवाँ बढ्दै गए। मानिसहरूको व्यस्तता बढ्यो, तर प्रकृतिप्रतिको माया घट्दै गयो जस्तो लाग्छ म अझै उभिएको छु—धुवाँ र धुलो सहेर। मेरो पातले हावाबाट कार्बनडाइअक्साइड सोस्छ र प्राणवायु दिन्छ। सायद धेरैलाई थाहा छैन, तर म दिनरात यस टोलका मानिसहरूको साससँग गाँसिएको छु। गर्मी बढ्दै जाँदा मेरो छायाँ अझै अमूल्य बन्छ। म केवल रूख होइन, यो टोलको प्राकृतिक ढाल हुँ।कहिलेकाहीँ मेरा केही हाँगा काटिन्छन्।
म दुख्छु, तर फेरि पलाउँछु। किनकि म जान्दछु—म बाँचिरहनु नै मेरो धर्म हो। यदि म ढलें भने, केवल एउटा रूख मात्र ढल्ने छैन; यहाँको इतिहासको एउटा जिउँदो पाना हराउनेछ।आज म बूढो भइसकेँ। मेरो बोक्रा कडा छ, तर भित्र अझै जीवन धड्किरहेको छ। म बाँचेर टोल लाइ प्राकृति संरक्षण दि रहन चाहन्छु।तर मान्छेहरू पॐरकृतिलाइ बिर्दैछन्। मआफ नो रूखको टुप्पाबाट टाढाटाढम हेर्दथें उहिले चारैतिर हरियालीनैहरियालि थियो।चारैतिर आँपका टियोबगैचा थिए। ससाना ताल तलैताया थिए।आक यो उमेरमा आएर हेर्छु सबै बगैचाहरू मासिए तालतलैयाहरूपाटिए। भगवानको नाममा बनाइएको भगवान तलाउ पनि पाटियो। म अव प्रकृतिको बरदान रहिन धार्मिक आस्था को प्रतीकमा परिणत भै सकेँ।मेरो चौतारो अब टोलवासीको चिन्तनको चौतारो रहेन शनिदेवको मन्दिरमा रुपान्तरित भैसकेछ।मलाइ थाह छ कि रूख वोट वुट्यान ताल तलैता र ठुलटुला तलाउले पय्याबरणको सन्तुलन हुन्छ। असन्तुलनले जन्माएको यहाँको अत्यधिक जाडो र अत्यधिक गर्मी बाट मुक्ति पाइन्छ समयमा बर्षा हुन्छ बाढिपहिरो हुदैन। भौतिक शुबिधाकालागि पर्याबरण नष्ट गरॐन किन तमसिएकाो होला मान्छे? मेरो केछ यो धुल धुसरित बातावरणमा कति बाँचुला र म।एकदिन सुकेर जानेछु ।मचाहन्छु—आगामी पुस्ताले मलाई मात्र होइन, प्रकृतिलाई पनि माया गरून्। नयाँ बिरुवा रोपून्, पुराना रूख जोगाउन सिकून्। किनकि रूख बिना जीवन अधुरो छ। म गगनगन्ज टोलको बूढो पीपल हुँ।मैले यहाँका मानिसहरूको सुख–दुःख हेरेको छु। म उनिहरूलाई माया गर्दवछु र जबसम्म म उभिएको छु, म यो टोललाई छायाँ, श्वास र सम्झना दिइरहनेछु।








प्रतिक्रिया दिनुहोस्