समीक्षाः निरुकृत ‘वनफूलको बिद्रोह’ लाई मानवीय दृष्टिबाट नियाल्दा



जीतबहादुर शाह

कवि निरञ्जना चन्द, निरुकृत वनफूलको बिद्रोह नामको कविता सङ्ग्रह रत्न पुस्तक भण्डारले प्रकाशन गरेर बजारमा आएको पनि वर्षदिन नाघि सकेको छ । यस सङ्ग्रहमा ६१ओटा गद्य कविताहरू रहेका छन् । यस अघि उनको निरुको साइनो ९छोटा कविता सङ्ग्रह० २०७६ र निरुपण ९मुक्तक सङ्ग्रह० २०७७ पनि प्रकाशन भइसकेका छन् । सुर्खेतको सिम्ता जन्मिएर बर्दियाको बाँसगढीलाई कर्मथलो बनाइरहेकी कवि निरुका कविताहरू बहुआयामिक विचार र पृष्ठभूमिलाई टेकेर फुलिरहेका थरिथरिका सुगन्धित पूmलहरू जस्ता लाग्छन् । जम्मा पेज संख्या एकसय पञ्चानब्बे भएको यस कविता सङ्ग्रहमा पाठकलाई आआफ्नो भावना र विचाररुपी जिब्रोले चाहेको स्वादमा रसास्वादन गर्नेगरी कविताहरू समेटिएका छन् । पारिजातले कविता मेरो मनोभावनाको अभिव्यक्ति हो भनेझै कविका मनोभावनाबाट कल्पनाको सागरमा डुबुल्की मार्दै कलात्मक सिल्पका माध्यमबाट सिर्जना गरिएका कवितामा भएका त्यस्ता केही विचार र भावनाहरूलाई यस समीक्षात्मक टिप्पणीमा मानवीय दृष्टिकोणबाट समेट्ने जमर्को गरिएको छ ।    बालबालिकाका रहर पो कति ठुला र खर्चिला हुन्छन्  र १ साना साना त हुन्छन् । खेलौना किन्ने, राम्रो कपडा लगाउने, मन परेको चिज खाने, मन परेको चिज किनेर खानका लागि अलिकति पैसा हुने, साथीसङ्गीहरूले भनेको कुरामा बाडचुड गरेर खर्चको भाग लगाउँदा तिर्नका लागि अलिकति दामपैसा हुने आदि । विद्यालयमा गएपछि भने रहर र आवश्यकताहरूको आयतन अलिकति बढ्दै जान्छ । यस्तैमा आफ्नो हजुरबुबा जीवनभर अभावमा बाँचेको दृश्य आफ्ना बालापनका रहर र जिशिविषाहरू कुटिरो पारेर थन्क्याएको एउटा बालक वा नातिले देखिरहेको हुन्छ । जब हजुरबुवा चिरनिद्रामा निदाएपछि हजुरबुवालाई नयाँ कपडा लगाइन्छ । गलामा रुपैयाँको माला लगाइन्छ जब कि बाँचुन्जेलसम्म हजुरबुवाको शरीरमा त्यत्ति नयाँ लुगा नातिले कहिल्यै देखेका थिएनन् र त्यत्ति पैसा त झन् देख्ने कुरै भएन । त्यही अवस्था नातिको हुन्छ । कविले आफ्नो कविता अभिशप्त प्रश्न, अभिशप्त सहरमा उक्त नाति अर्थात बालकलेच चिरनिद्रामा निदाएका हजुरबुवालाई नियालिसकेपछि आफ्नो बाबालाई भन्छ ः

बाबा मलाई पहेंलो कपडामा ढाकिएर
घरको दलिन अगाडि चिर निद्रा निदाएर
बाँसको डोली चढ्न रहर छ ।

९९७० उल्लिखित कवितांशले गरिबीले आक्रान्त परिवार र त्यसको असरबाट पिरोलिएका बालबालिकाहरूको पीडाको कलात्मक शैलीबाट प्रस्तुत गरिएको छ । सर्वस्वीकार्य एउटा शास्वत सत्य भनेको, यदि मुलुकमा युद्ध, हिंसा र गरिबीले गाउँवस्तीलाई गाँजेको छ भने त्यहाँ पीडाको भारी बोक्नेमा बालबालिका, महिला र बृद्धबृद्धाहरू नै अत्यधिक हुने गर्दछन् । यस्तो अवस्थामा बालबालिकाका बाँच्न पाउने, विकास हुन पाउने, सहभागी हुन पाउने र सुरक्षित हुन पाउने अधिकारहरू कुण्ठित हुन्छन् । यस्तो समयमा मानवता र मानव मूल्यले गाउँवस्तीबाट पाखा लाग्नुपर्ने हुन्छ । वनफूलको विद्रोहले समेटेका कतिपय कविताहरूमा यस्ता कथाहरू समेटिएका छन् ।  मानवताबाट धेरै टाढा रहेर एउटा जिन्दगी बाँचेका मानिस भनेको राउटे जाति हो जो मानव जाति नै हो भन्नेमा कसैको पनि बिमति छैन । तथापि त्यो समुदायका महिला र बालबालिकाहरू पशुजस्तो जीवन बाँच्न बाध्य छन् । विद्यालय उमेर पुगेका बालबालिकाहरू विद्यालय नगएर वनजङ्गलमा घुमफिर गर्दै बाँचिरहेका छन् । सरकारले नागरिक बनाएर नागरिकता प्रदान गरे पनि उनीहरूलाई शिक्षा र समुन्नतिमा समाहित गर्न सकेको देखिदैन । उनीहरूको संख्या भनेको दुईसयको हाराहारिमा रहेको छ । सरकार र एनजिओ एवम् आइएनजिओले वर्षेनी बजेट लगानी गरिरहेको अवस्था छ । तथापि किन उनीहरूको जीवनस्तर उठाउन सकिएको छैन रु उनीहरूलाई कुनै स्थानविशेषमा रैथाने बासिन्दाको रुपमा किन बसाल्न सकिदैन रु यो भित्र पनि केही मान्छेहरूको स्वार्थ होला जस्तो लाग्छ । किनभने उनीहरूकै निम्ति वर्षेनी बजेट बाँडफाँड गर्ने र जागिर खाने काम भइरहेको छ । कवि निरुले एउटा राउटे युवतीको आवाज वनपूmल शीर्षकको कवितामा यसरी समेटेकी छन ः

कोइला हुँ म

हजारौं चाप र ताप सहेकी छु जङ्गलमा 
बरु हानिदेउ छातीमा क्षेप्यास्त्र सहन्छु
तर, बाँच्न चाहन्छु चेत खुलाएर
उठ्न चाहन्छु
अँध्यारो बस्तीकी नायिका भएर
चम्काएर यो ओझेल परेको जिन्दगी वनफूल, २९०

यत्तिमात्र नभइ नागरिकहरू नारी हुनुको कारणले, त्यसमा पनि विधवा हुनुको कारणले र छाउ हुनुको कारणले भोगेका अमानवीय पीडाहरूको समेत कथात्मक शैलीबाट कलात्मक किसिमले प्रस्तुत गर्न कवि सफल भएकी छिन् । छोडिदेउ लगाउन अभिशापहरू कवितामा नारी हुनुका आर्तनादहरूले कविले यसरी प्रस्तुत गरेकी छिन् ः

आमा तिमीमात्रै कँुजिएर÷छटपटिएर÷निस्सासिएर
बजाउछ्यौ किन जुठेल्नामा चुराहरू
के चुरा नबज्ने हातहरूले अगेनोको दाउरा ठोसिदैनन् रु
भुइँको कसिङ्गर र दलिनको जालो अनि
भुराका नाकको सिंगान र आँखाका कचेरा पुछ्न
के बज्नै पर्छ र चुराहरू रु 
गोठका बाख्रा र ठुम्रा भैसी 
के अघाउदैनन् र चुरा बिनाका हातले काटेका घाँसले रु पृष्ठ ६६०

समाजले र घरपरिवारले गरेको महिलाहरूलाई अपमानित, अपहेलित र अत्यधिक कार्यबोझ हुनेगरी जसरी  कामको विभाजन गरिएको छ त्यसबाट महिलाहरू बौद्धिक, प्राज्ञिक र सिर्जनशील काम गर्नबाट बञ्तित भएको ठहर कविबाट गरिएको छ । महिलामाथि हुने शोषण र उत्पीडन पनि बहुआयामिक छ । उनीहरूलाई कतै छाउ भएको नाममा छाउगोठमा राखेर हिंसा र यातना दिएको अवस्था छ, कतै बिधवा भएको नाममा अपमानित गरिएको छ भने कतै दहेजको सिकार बनाएर नारीहरूको जीवनलाई मानवताबाट ओरालेर दाइजो रुपी भौतिक सम्पत्तिसँग दाँजिएको छ । विधवाको स्वरुपमा कहालीलाग्दो जीवन बाँचेका एउटी नारीको कथा म रङ खोसिएको वर्तमानमा कवितामा यसरी प्रस्तुत गरिएको छ ः

जुन दिन रातो रङ खोसियो जीवनबाट
पखालिएर मनका चौघेरा पनि 
धपक्क बलेको जवानीको मैनबत्तीमा 
अपरान्हजस्तो वर्तमानमा अचानक झिमिक्क साँझ परेपछि
मलाई फेरि रातो रङमा उदाउन दिइएन यहाँ 
जिन्दगीको खाबो ढलेपछि 
मनको आकाश खुलेन यहाँ पृष्ठ १३३०

एउटा नारी माया, प्रेम र सिर्जनाकी खानी हो भनेर स्वीकार गर्न नसक्ने र भौतिक सम्पत्तिसँग तुलना गरेर जति सम्पत्ति दहेजको रुपमा प्राप्त हुन्छ त्यही हिसाबले नारीको सम्मान÷अपमान गर्ने संस्कारको विरुद्धमा कवि आफ्नो कविता मधेशको आँगनमा दहेजमा यसरी आगो ओकल्छिन् ः

लैजाऊ पहाडजत्रो दहेजको चुली
चाहिदैन तिमीलाई मेरो मनमस्तिष्क
र छोडिदेउ यहीँ मेरो पाठेघर
संस्कारको क्रुर आँधीले मलाई घोडा बनाएको छ 
म बिद्रोहको चिउँडो समाएर शिर उठाउने प्रयत्नमा छु
तिम्रो दहेज आतङ्कका विरुद्धमा पहिलो रज्वस्वलादेखि नै
म पाठेघर सिलाएर बाँचेकी छु
जे जे लिन्छौ  लैजाउ तर पाउने छैनौ यो पाठेघर
दहेजले नै गर्ने छ तिम्रो नयाँ सृष्टिको सिर्जना । ९१७२० 

महिलालाई उनीहरूको महिनावारी हुने प्राकृतिक प्रक्रियालाई शोषण र उत्पीडन गर्ने माध्यम बनाएर समाजले अमानवीय र पशुवत व्यवहार गरेको अत्यासलाग्दो अवस्थाका विरुद्धमा पनि कविले छाउगोठमा शरणार्थी समपनाहरू कवितामा यसरी बिद्रोहको स्वर उरालेको अवस्था छ ः

हे देवी १ उग्रतारा बडिमालिका
भन, तिमी छाउ हुन्छ्यौ कि हुँदिनौ रु
उभियौ कि उभिइनौ छाउगोठका कठघरामा रु
सर्पहरूले डसे कि डसेनन् रु
ब्वासाहरूले लुछे कि लुछेनन् रु पृष्ठ १७४०

यत्तिमात्र नभइ कविले मानवीय सम्बन्ध सुमधुर भएको देख्नका लागि उचनीचको अनवरत भजन नरोकिएसम्म मन्दिरमा शङ्खघण्ट बजाउनुको अर्थ छैन भनेर तथाकथित धर्मभिरु प्रवृत्ति र जातीय विभेदको विरुद्धमा एउटै झटारोले हिर्काउदै ‘जीर्ण कवच’ शीर्षकको कवितामा लेख्छिन् ः

दर्जी दाईको सियो धागोले
प्रेम र सद्भाव सिलाउदै छन् कसरी रु
एकताको माला उन्दैछन् कसरी रु
तिमीले ल्याप्चे लगाएका धर्मका ढड्डाहरू पछारेर हेर
कति ढुस्सीले मक्किसके पानाहरू 

नारी र पुरुषलाई स्रष्टाले आपसमा हार्दिकता, प्रेम र आत्मीयताका नमुना भएर मानवताको रक्षा गर्नका लागि सिर्जना गरिएकोमा पुरुषको गिद्धे दृष्टिले महिलालाई बाँच्न मात्र गाह्रो बनाएन, आत्मीयता, मानवता र हार्दिकताको प्रवर्धन गर्न पनि गाह्रो बनायो भन्ने कुरा कविले आफ्नो कविता ‘मलाई आँखाहरूसँग डर लाग्छ’ कवितामा यसरी व्यक्त गरेकी छिन् ः

आत्मीयताको बाटोमा जबर्जस्ती डोजर लगाउछन् 
मानवताको चौतारीमा काउसो छर्किएर
सम्बन्धको सभ्य महलमा आगो लगाउछन्
हो, मलाई यहाँ,यी सबै गिद्धे नजरहरूबाट बच्न 
फेरि अरु गिद्धे नजरहरूको सहारा लिन पनि डरलाग्छ । 

कविले यो मानवताविहिन समाजको सुधारका लागि विकल्पको रुपमा रक्तपात, हत्या, हिंसा र युद्धलाई अघि बढाउने पक्षमा छैनन् । उनी आफ्नो कविता युगीन प्रतिध्वनीमा लेख्छिन् ः

छोडेर विध्वंसका अस्त्रहरू 
आत्मज्ञान विस्फोट गराई कोहिनुर उज्यालामा 
गरिदिऔं बिजारोपण शान्तिका सम्बोधी आँखाहरूको 
विश्व ब्रम्हाण्डमा गुन्जाएर बुद्धका मन्त्रध्वनीहरू
उडाइदिऔं सेता परेवाका जोडीहरू
रोग, भोक, शोक अनेक सन्नाटाहरू मेटाएर
छरिदिउँ मानवताका सम्यक बीजहरू पृष्ठ २५ं०

कविले आफ्नो कविता गुराँसहरू युद्ध गर्दैनन् शीर्षकको कवितामार्फत मानवता र शान्तिको पक्षमा यसरी आफ्ना विचारहरू अभिव्यक्त गर्छिन् ः
गुराँसहरू मेसिनगन बनाउँदैनन् बन्दुक समाउन जान्दैनन्
।।।  सुहाउदैन बारुदको गन्ध
तिनीहरू माटो, हावा र आँसु मिसिएको 
गाउँलेको बास्नामा फुल्छन् 
प्रेम र सहिष्णुतामा उदाउछन् 
शान्तिको सन्देश बोकेर आशाको रङमा
गाउँमा युद्धले बढेको दुरी खुम्च्याउन 
मानिसहरूलाई एकअर्काका हात समाउन लगाउछन् । 

मुलुकमा युद्ध त भएकै हो तर त्यसको उपलब्धि खासै भएन भन्ने कुरालाई अनावरण गर्दै कविले आफ्नो कविता अयोग्य योद्धा र पदचापहरूमा लेख्छिन् ः
अचेल तिमी अर्कै अर्कै हुलियामा
बगरमा तड्पिरहेको माछाजस्तै 
बैचैंन मुद्रामा भौतारिएको मुसाफिरजस्तै
मझधारको गतिहिन डुङ्गाजस्तै पो भइछ्रयौं
उड्ने पन्छी थियौ
प्वाख उखेलिएको पन्छीजस्तै भइछ्यौं
निःशस्त्र र निष्काम भइछ्यांै 
तथापि म खोजिरहेछु 
कहाँ हरायो त्यो स्वतन्त्रताको आकाश रु पृष्ठ ५३०

कविले मानवीय सम्बन्धलाई बलियो बनाउन र कुनै व्यक्तिले पनि जो कसैबाट अमानवीय व्यवहार होइन कि मुस्कानका साथ सहेली खेल्नका लागि अवसर पाउनुपर्ने सोचलाई आऊ गरौं यात्रा कवितामा यसरी पस्किएकी छिन् ः

म पश्चिमकी चेली, तिमी पुर्वेली चेलो
आउ राप्ती तरेर भेरी नदीको सुसाहट सँगै
सुसेली खेली सहेली गर्दै 
पुगौंला हामी सिस्ने हिमाल
उकासेर माथि चेतनाको स्तर 
फहराऔंला ध्वजा जलजलाबाट
छरौंला मुस्कान सिंजाबाट

समग्रमा कविताहरू पढिसकेपछि प्रस्तुत कवितासङ्ग्रह थरिथरिका फूलहरूलाई समेटिएर लेखिएको एउटा सुन्दर र बास्नादार बगैचाजस्तो लाग्छ । कविताहरू विषयवस्तु, भावना र कला पक्षको सुन्दर किसिमबाट समायोजन गरेर सिर्जना गरिएका छन् । विषय पक्षलाई मध्यनजर राखी अहिले मानिसले नारी भएको, गरीब भएको,  तथाकथित तल्लो जाति भएको र भिन्न विचार र धर्मको भएको कारणले दुः पाइरहेका छन् र यसरी दुःख पाउनु र दुःख दिनु मानव बस्तीका अशोभनीय र अमानवीय क्रियाकलापहरू हुन् भन्ने कुरा कविले आफ्ना कविताहरूमा सशक्त र जिउदोजाग्दो किसिमबाट विश्लेषण गरिएको छ । साथै यसको विकल्प भनेको युद्ध होइन कि प्रेम, शान्ति, सहकार्य, चेतना, हार्दिकता र मानवता हो भन्ने विचारलाई अघि सारिएको छ ।  कवितामा कला पक्षलाई मध्यनजर राखी कवितामा दोहोरिएर आउने शब्दहरू जस्तैः एउटैएउटै, उस्तैउस्तै, लामोलामो, पत्रपत्र, पलपल, निमेषनिमेष आदि जस्ता शब्दहरूको बग्रेल्ती प्रयोग गरिएको छ जसले कविताको लय र आरोहअवरोहलाई कलात्मक बनाएको महसुस हुन्छ । कवितामा प्रयोग गरिएको कथानक र संवादात्मक शैलीका साथै हरफैपिच्छे प्रयोग गरिएका उपमा, बिम्ब र अलङ्कारले कवितालाई अझै जिवन्त र विचारको गहिराइमा अवतरण गर्न सफल बनाएको देखिन्छ । कविता पढ्दै जाँदा कविले प्रस्तुत कविताहरू कनिकुथि नलेखेर परिकल्पना र चिन्तनमा अब्बल भूमिका निर्वाह गर्ने अवचेतन मस्तिष्कको गहिराईमा पुगेर लेखेको अनुभूति हुन्छ।

कविता सङ्ग्रह भाषिक दृष्टिकोणले पनि यदाकदाबाहेक सर्वत्र ठिक छ ।  पढ्दैजाँदा पेज ३३ मा डोरी चुडेपछि हुनुपर्नेमा डोरी चुटेपछि भएको र त्यही पेजमा राताम्य लालीगुराँस हुनुपर्नेमा रक्ताम्य लालीगुराँस भएको छ । साहित्यमा प्रयोग गरिने बिम्ब र उपमाहरू प्राकृतिक किसिमकै हुनु्पर्छ भन्ने त छैन, तथापि यदाकदा प्रयोग गरिएका अप्राकृतिक जस्ता लाग्ने बिम्ब र उपमाहरूले सामान्य पाठकलाई अलमल्याएको अनुभूति हुन्छ । कविले राष्ट्रप्रेम र जन्मभूमिलाई अगाध माया गर्ने कुराको बोध कविताहरू पढेपछि जोकोही पाठकलाई पनि हुने गर्दछ । आफ्नो मुलक र जन्मभूमिप्रति यत्ति साह्रो माया गर्ने कविले आफ्ना बाबाआमाको जातीय पहिचानलाई आफ्नो परिचयमा समेट्न नबिर्सेको भए जाति हुन्थ्यो कि भन्ने तर्कना पाठकहरूको मनमा उत्पन्न हुनु स्वाभाविक जस्तो देखिएको छ । कवि आपूm पेसागत हिसावले शिक्षक भए पनि शिक्षक, विद्यालय र शिक्षण सिकाइलाई कवितासङ्ग्रहका किन स्थान नदिएको होला भन्ने सन्दर्भले पनि पाठकहरूमा अनेक द्विविधाहरू निम्तिने अवस्था  देखिन्छ । एकाध कविताहरू मानव मूल्य र भावको हिसाबले शून्यता र निरासावादमा फसेका जस्ता पनि महसुस हुन्छ । ‘वनपूmलको विद्रोह’ सङ्ग्रमा सङ्कलित कविताहरूलाई वैचारिकताको हिसावले अध्ययन गर्दा उनी एक प्रगतिवादी कविका रुपमा देखा परेकी छिन् ।  कतिपय कविताका शीर्षकहरू आवश्यकताभन्दा बढी लम्बिएका हुन् कि झै पनि आभास हुन्छ । साथै कतिपय कविताका हरफहरू एउटा हरफमा भन्दा दुईटा हरफहरूमा व्यवस्थापन गरेको भए विषय र भावको हिसाबले कविताको उचाइ अझै चुलिन्थ्यो भन्ने लाग्छ । हुन त रचना मिति त्यत्ति लेखिदैन तथापि लेख्न गरेमा त्यसको महत्व अहिले भन्दा पनि भविष्यमा बढ्थ्यो जस्तो लाग्छ । यस्ता कमिकमजोरीहरूमा गरिने सुधारले पनि ‘वनपूmलको विद्रोह’ जस्तो बेजोड कविताहरूको सङ्ग्रहलाई अझ अशक्त बनाउन योगदान गर्ने अपेक्षा गरिएको छ ।

 

 

  • No tags available
प्रकाशित मिति : २०८३ साउन ३० गते शनिबार