टीभीएस जुपिटर किन्दा ९ महिनासम्म पेट्रोल फ्री



काठमाडौँ ।

नेपालका लागि टीभीएस सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘अल न्यु टीभीएस जुपिटर बीएस–सिक्स’ स्कुटरका लागि नयाँ ग्राहककेन्द्रित योजना सार्वजनिक गरेको छ । दैनिक यात्रामा बढ्दो इन्धन खर्चलाई मध्यनजर गर्दै कम्पनीले टीभीएस जुपिटरलाई किफायती, सहज तथा भरपर्दो मोबिलिटी समाधानका रूपमा प्रस्तुत गरेको हो ।

‘पेट्रोलको टेन्सन ? अब टीभीएस जुपिटर सोलुसन’ भन्ने नारासहित ल्याइएको यस विशेष अभियानअन्तर्गत ग्राहकहरूले टीभीएस जुपिटर खरिद गर्दा ९ महिनासम्म निःशुल्क पेट्रोल प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार स्कुटरको परीक्षण गरिएको माइलेज प्रतिलिटर ६० किलोमिटरसम्म रहेको छ । जसले दैनिक आवतजावतलाई अझ किफायती र सहज बनाउने विश्वास गरिएको छ ।

उत्कृष्ट माइलेज, आरामदायी राइडिङ अनुभव, आधुनिक डिजाइन तथा दैनिक प्रयोगका लागि उपयुक्त सुविधाका कारण टीभीएस जुपिटर नेपाली ग्राहकमाझ लोकप्रिय स्कुटरका रूपमा स्थापित हुँदै आएको कम्पनीले जनाएको छ । ग्राहकको सहज स्वामित्वलाई ध्यानमा राख्दै कम्पनीले आकर्षक वित्तीय सुविधा पनि उपलब्ध गराएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले मासिक दुई हजार ८९९ रूपैयाँँबाटै किस्ताबन्दी सुविधामा टीभीएस जुपिटर खरिद गर्न सक्नेछन् ।

योजनाबारे जानकारी दिँदै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले नेपाली ग्राहकको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर कम्पनीले सधैँ व्यावहारिक तथा मूल्यवान मोबिलिटी समाधानहरू उपलब्ध गराउँदै आएको बताए । उनले पछिल्लो समय पेट्रोल खर्च धेरै ग्राहकका लागि दैनिक चिन्ताको विषय बनेको उल्लेख गरे । टीभीएस जुपिटर बीएस–सिक्स आधुनिक नेपाली परिवार, कार्यालय जाने कर्मचारी तथा दैनिक यात्रुहरूका लागि उपयुक्त स्कुटरका रूपमा परिचित छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १ गते सोमबार