इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति



काठमाडौँ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २४औँ वार्षिक साधारणसभा एवं आठौँ अधिवेशनबाट मोहन डाँगीको नेतृत्वमा २५ नयाँ कार्यसमिति चयन भएको छ । शनिबार बिहान सम्पन्न अधिवेशनले २७ सदस्यीय कार्यसमितिमध्ये कोषाध्यक्षबाहेक सर्वसहमतिमा २५ जनाको कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उत्तम ब्लोन लामा तथा उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक निर्वाचित भएका छन् । वार्षिक साधारणसभाबाट पारित नयाँ संशोधित विधानअनुसार उपाध्यक्षमा बलराम खतिवडा र प्रकाशचन्द्रं दुलाललाई थप गरी सात उपाध्यक्ष पु¥याइएको छ । यसैगरी महासचिवमा टीएन आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिवहरूमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्वाचित भएका छन् ।

नयाँ संशोधित विधानअनुसार सचिवमा कृष्ण घिमिरे र दीपक पौडेललाई थप गरी सात सचिव पु¥याइएको छ । यसैगरी कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित भएका छन् भने सदस्यहरूमा अनुप आचार्य, कदम केसी, जगदिश सिवाकोटी, जगतबहादुर पोखरेल, ज्योति गैरे, नारायण कंडेल, प्रतिमा ज्ञवाली, मिलन खड्का, संगीता धमला र वर्णन लामिछाने निर्वाचित भएका छन् ।

संशोधन विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि लागू हुने गरी स्थायी आमन्त्रित सदस्यको रूपमा इन्दिरा पन्त, नारायण खनाल, बाबुराम थापा, सन्तोष नेपाल र सोमनाथ कँडेललाई प्रस्ताव गरिएको छ । इप्पानका निर्वतमान अध्यक्ष गणेश कार्कीले इप्पानभित्र सबै अटाएर सर्वसहमत रूपमा अघि बढ्ने गरी नयाँ विधानको संशोधन गरी सहमतिको आधारमा दुई उपाध्यक्ष, दुई सचिव र पाँच स्थायी आमन्त्रित सदस्यलाई मनोनयन गर्ने सहमति भएको जानकारी दिए ।

इप्पानले वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष हुने इप्पानको विधान २०७८ लाई संशोधन गरी सबै पदहरूमा चुनाव गराउने गरी व्यवस्था गरेको छ तर अध्यक्षको हकमा एक कार्यकाल कार्यसमितिमा रहिसकेको हुनुपर्ने व्यवस्था गरिएको छ । यसैगरी विधानमा संशोधन गरी ५ उपाध्यक्षलाई ७ पु¥याउने, ५ सचिवलाई ७ पु¥याउने र स्थायी आमन्त्रित सदस्यको रूपमा ५ जनालाई मनोयन गर्ने व्यवस्था गरिएको छ । यो विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ३१ गते आइतबार