तोलामा दुई हजारले बढ्यो सुनको मूल्य



काठमाडौँ ।

नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको छ । सोमबार प्रतितोला दुई लाख ९९ हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने तीन लाख एक हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला चार हजार ९०५ मा कारोबार भएको चाँदी आजका लागि भने चार हजार ९२५ निर्धारण भएको छ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २६ गते मंगलबार