रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता



काठमाडौँ।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भएको छ । भारत भ्रमणका क्रममा सभापति लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताको तस्बिर भारतीय प्रधानमन्त्री मोदीले आफ्नो फेसबुकबाट सार्वजनिक गरेका छन् ।

मोदीले साझा र समृद्ध भविष्यको लागि मिलेर काम गर्ने इच्छालाई स्वागत गर्ने पनि बताएका छन् । ‘हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल एक प्राथमिकता साझेदार हो र हामी हाम्रा दुई देशहरू बीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु¥याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौँ,’ मोदीले लेखेका छन् ।

यस्तै भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारतबीचका विभिन्न विषयको सूची तयार पारेर काम गर्न आफू तयार रहेको बताएका छन् । भारत भ्रमणमा रहेका सत्तारुढ रास्वपाका सभापति लामिछानेसँगको भेटमा मोदीले दुई देशबीचका विषयलाई प्राथमिकता दिएर काम गर्न प्रतिवद्ध रहेको जनाएका हुन् ।

‘पार्टी सभापतिसहित हामीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्यौँ । मंगलबार भारतका गृहमन्त्री, परराष्ट्रमन्त्री भेट्यौँ । भाजपाको निमन्त्रणमामा रास्वपाका सभापतिसहित हामी भारत आएका हौँ,’ मोदीलाई उदृत गर्दैँ रास्वपा विदेश विभाग प्रमुख दीपक बोहोराले भने, ‘छलफलमा नेपाल भारतसँग भएका विषयहरूको लिस्ट बनाऔँ, त्यसको प्राथमिकता दिऔँ टाइमलाइन दिऔँ । हामी काम गरौँ हामी काम गर्छौँ भनेर प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनु भयो ।’

रास्वपा सभापति ५ दिने भ्रमणको क्रममा भारतमा रहेका छन् । जेठ १८ गते भारत प्रस्थान गरेका लामिछाने नेतृत्वको भ्रमण टोलीमा उनकी पत्नी निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुखसमेत रहेका सचिवालय सदस्य बोहोरा र प्रदीप आचार्य छन् ।’
सोमबार भारत पुगेका सभापति लामिछानेले मंगलबार भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका थिए । उनले भाजपा मुख्यालय पनि अवलोकन समेत गरेका थिए । मंगलबार नै गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस. जयशंकरसँग रविले भेटवार्ता गरेका थिए । लामिछाने भोलि नेपाल फर्कनेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २१ गते बिहीबार