शिक्षण विधि सँगसँगै व्यवहारिक शिक्षालाई पनि जोड दिनुपर्छ । पाठ्यपुस्तकमा मात्रै केन्द्रित नभएर विद्यार्थीहरूको चौतर्फी विकास गर्न व्यवहारिक शिक्षालाई पनि उत्तिकै जोड दिनुपर्छ । त्यतिमात्र नभई बालबालिकाहरूको रुचि अनुसारको पठनपाठन र खेल्ने वातवरण सिर्जना गरेका छौँ । हामी मात्र होइन् सबै विद्यालयले एउटै पाठ्यपुस्तक अध्यापन गराउने र गुणस्तरीय शिक्षा प्रदान गर्ने हो । तर, त्यसमा पनि दक्ष र क्षमतावान अनुभवी शिक्षकहरूको पठनपाठनले फरक पार्न सक्छ ।
बिष्णुप्रसाद बेल्बासे, अध्यक्ष तक्षशिला एकेडेमी, कोहलपुर
तक्षशिला एकेडेमी विद्यार्थीको शैक्षिक गन्तव्य बन्नुका साथै पहिलो रोजाइमा किन परेको छ ?
पक्कै पनि तपाईँले भनेजस्तै कोहलपुर क्षेत्रमा तक्षशिला एकेडेमी गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध एक शैक्षिक संस्था हो । यो कुरा म अध्यक्ष भएर भनिरहनु पर्ने कुरा होइन् । स्वयम् हाम्रा अभिभावक, विद्यार्थी र सम्बन्धित निकाय सबै यस विषयमा जानकार हुनुहुन्छ । त्यसकारण कोहलपुरमा हाम्रो विद्यालय, विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्न सफल भएको छ ।
गुणस्तरीय शिक्षा भन्नाले कस्तो शिक्षालाई बुझ्ने ?
सामान्यतया गुणस्तर शिक्षा भन्नाले राज्यले निर्माण गरेको पाठ्यक्रमलाई विज्ञ शिक्षकद्वारा शिक्षण गराउनुलाई जनाउँछ । त्यतिमात्र नभई शिक्षण विधि सँगसँगै व्यवहारिक शिक्षालाई पनि जोड दिनुपर्छ । पाठ्यपुस्तकमा मात्रै केन्द्रित नभएर विद्यार्थीहरूको चौतर्फी विकास गर्न व्यवहारिक शिक्षालाई पनि उत्तिकै जोड दिनुपर्छ । त्यतिमात्र नभई बालबालिकाहरूको रुचि अनुसारको पठनपाठन र खेल्ने वातवरण सिर्जना गरेका छौँ ।
हामी मात्र होइन् सबै विद्यालयले एउटै पाठ्यपुस्तक अध्यापन गराउने र गुणस्तरीय शिक्षा प्रदान गर्ने हो । तर, त्यसमा पनि दक्ष र क्षमतावान अनुभवी शिक्षकहरूको पठनपाठनले फरक पार्न सक्छ । गुणस्तरीय शिक्षा एउटा शिक्षकले मात्र नभई विद्यालयको भौतिक पूर्वाधार, अभिभावक र विद्यार्थीको पनि उत्तिकै भूमिका रहन्छ । त्यसका लागि हामी लागिपरेका छौँ ।
बिएलई र एसइईका विद्यार्थीको जिपिएले नै के गुणस्तरीय शिक्षाको मापन गर्छ ?
बिएलई र एसइईको नतिजा अर्थात् विद्यार्थीहरूको जिपिएलाई हेरेर मात्रै गुणस्तरीय शिक्षा भन्नु म उपयुक्त ठान्दिनँ । एउटा पक्षमा जिपिएका साथसाथै अन्य कुराहरूले पनि यसमा अर्थ राख्दछन् । ‘तक्षशिला ज्ञानको आधारशिला’ भन्ने भूल नारालाई आत्मसात् गर्दै हामी अघि बढिरहेका छौँ । विद्यार्थीको नतिजा मात्र नभई व्यवहारिक कुराहरूमा जोड दिन्छौँ । जस्तै उसले के के कुराहरू जान्दछ । भविष्यमा के गरेर खान सक्छ । उसको रुचिको विषयलाई पहिचान गरेर शिक्षण गर्नुका साथै बाटो देखाउने काम गरिरहेका छौँ ।
गुणस्तरीय शिक्षाको मापन कस्तो हुनुपर्छ र तक्षशिलाले कसरी गरिरहेको छ ?
गुण्णस्तरीय शिक्षाको मापन राज्यले त विद्यार्थीले ल्याएको नतिजालाई नै मानेको छ । तर, हामीले नतिजा सँगसँगै विद्यार्थीलाई नैतिक र व्यवहारिक शिक्षा दिनुपर्छ भनेर जोड दिएका छौँ । तक्षशिला एकेडेमीले अहिले कक्षाको अन्तिम एक घण्टा ‘जिरो प्रियड’को अघि विद्यार्थीको रुचिअनुसार समूह निर्माण गरेर पठनपाठन गरिरहेका छौँ । जसमा खेलकुद, संगीत, व्यक्तित्व विकासहरू छन् । यसले बालबालिकाहरूको व्यक्तित्व विकास र नेतृत्व विकासमा धेरै टेवा पु¥याएको छ । विगत लामो समयदेखि निजी विद्यालयहरूले विद्यार्थीबाट भर्नाका नाममा अनेक शीर्षकमा मोटो रकम लिने गरेको आरोप लाग्दै आएको छ । यसलाई चिर्न निजी विद्यालयहरूले किन सकिरहेका छैनन् । हामीले यसलाई चिरिरहेका छौँ । म के भन्छु भने निजी विद्यालयमा जसरी संघर्ष र लगानी लगाउनुभएको छ ।
यो लगानी अन्य क्षेत्रमा गरेको भए अलि फाइदा र आम्दानी हुन्थ्यो होला, तपाईँ हामी आफैँ अन्दाज गर्न सक्छौँ । रह्यो कुरा शुल्क महंगो भयो र रकम धेरै असुल्ने गरेको । निजी विद्यालयमा शुल्क तिर्न सक्ने विद्यार्थीहरू पढ्ने हुन् । हामीले पढ्न नसक्नेलाई पनि पढाउनुपर्छ भनेर पढाउने गरेका छौँ । राज्यको लगानी जुन किसिमको सामुदायिक विद्यालयमा छ, त्यस अनुसारको सन्तोषजक नतिजा भने देखिएको छैन् । निजी विद्यालयहरूले आफ्नो सबैथोक बेचेर भए पनि लगानी गरेर जुन किसिमको शिक्षा प्रदान गरिरहनुभएका छन् । त्यो राज्यले गर्व गर्ने कुरा हो । निजी विद्यालयलाई शिक्षा क्षेत्रमा पु¥याएको योगदानको सम्मान नर्गुको साटो अंकुश लगाउने कुरा गलत हो । राज्यका निकायबाट स्वीकृत लिएर सञ्चालन भएका विद्यालयलाई यो वा त्यो बाहना बनाएर दुःख दिनु गलत हो । बरु कसैले राज्यको नीति र कानुनभन्दा बाहिर गएर सञ्चालन भए अनुगमन गर्ने र कारबाही गर्ने अधिकार छ ।
अस्वस्थ प्रतिस्पर्धाले गुणस्तरीय शिक्षामा असर पारेको छ ?
हो, अस्वस्थ प्रतिस्पर्धाले निश्चित रूपमा गुणस्तरीय शिक्षामा नकारात्मक असर पारेको छ । अहिले धेरैजसो विद्यालय तथा कलेजहरूबीच ‘कसको नतिजा राम्रो ?’ भन्ने होड बढी देखिन्छ, जसले शिक्षाको मुख्य उद्देश्य—ज्ञान, सीप र व्यक्तित्व विकासभन्दा अंकलाई प्राथमिकता दिन थालेको छ । यसका कारण कतिपय ठाउँमा रटानमुखी पढाइ देखिन थालेका छन् । विद्यार्थीले सिक्नेभन्दा पनि परीक्षा पास गर्ने तरिका मात्र खोज्ने प्रवृत्ति बढेको छ, जसले दीर्घकालीन रूपमा शिक्षाको गुणस्तर घटाउँछ । अर्काे कुरा अस्वस्थ प्रतिस्पर्धाले हामी सबैलाई असर गर्छ । तर प्रतिस्पर्धा आफैँमा नराम्रो होइन । यदि प्रतिस्पर्धा स्वस्थ, पारदर्शी र विद्यार्थीकेन्द्रित बनाइयो भने यसले सुधार र नवीनता ल्याउन सक्छ । त्यसैले अब ध्यान अस्वस्थ प्रतिस्पर्धा हटाएर गुणस्तर, नैतिकता र व्यवहारिक शिक्षामा केन्द्रित हुनुपर्छ ।
अहिले शिक्षामा अनुगमन तथा निमयन खुकुलो भएको हो ?
नियमन तथा अनुगमन त भइरहेको छ । अहिले स्थानीय सरकारले पनि गरिहेको छ । तर, त्यो प्रयाप्त छैन् । स्थानीय निकाय धेरै ठाउँहरूमा चुकेको पाइन्छ । नीति मिच्ने काम हुँदा समस्या हुने गर्छ । शिक्षा ऐन २०७४ स्थानीय सरकारले लागू गरेको छ या छैन् । त्यो हामी सबैले थाहा पाएका छौँ । केही दिनअघि मात्रै ऐन र कानुन मिचेर गैरकानुनी ढंगले विद्यालय सञ्चालन भइरहेका विषयहरू बाहिरिएका छन् । त्यति त स्थानीय सरकारले अनुगमन तथा नियमन गर्नुप¥यो । शिक्षा तब मात्रै सुधार हुन्छ ।
तक्षशिलाले विद्यार्थीहरूको रुचि अनुसारको शिक्षा र उनीहरूको प्रतिभालाई प्रोत्साहन गर्न के गर्ने गरेको छ ?
हामीले विद्यालयस्तरमा हरेक वर्षहरूमा यस्ता कार्यक्रमहरू गर्ने गर्छाैँ । विद्यार्थीहरूको क्षमता प्रस्फुटन गर्न र चौतर्फी विकासका लागि थुप्रै कुराहरू गरेका छौँ । प्रत्येक हप्ता समूह विभाजन गरेर खेलकदु, हाजिरजवाफ प्रतियोगिता, नृत्य लगायतका कार्यक्रमहरू आयोजना गर्ने र विजेता हुने विद्यार्थीलाई प्रोत्साहनस्वरुप सम्मान र पुरस्कार प्रदान गर्ने गरेका छौँ । निर्वाचन आयोगको नमुनामा भोटिङमार्फत लिडरसिप चुन्ने, फिल्ड भिजिट गराउने र खेलकुद समेत खेलाउने गरेका गरिहेका छौँ । विद्यार्थीहरूको रुचि पहिचान गर्न नियमित रूपमा काउन्सिलिङ, अन्तरक्रिया र मूल्यांकन गर्ने गरिन्छ । त्यसका आधारमा उनीहरूलाई खेलकुद, कला, विज्ञान, प्रविधि वा अन्य सिर्जनात्मक क्षेत्रमा संलग्न गराइन्छ । साथै, अतिरिक्त क्रियाकलाप, परियोजना कार्य, प्रतियोगिता र तालिममार्फत उनीहरूको प्रतिभा उजागर गर्ने र प्रोत्साहन गर्ने गरेका छौँ ।
विद्यार्थीहरू जंकफुड र अस्वस्थ खानपिनका कारण बिरामी हुने गरेको सुनिन्छ । तपाईँको विद्यालयमा विद्यार्थीहरूको स्वास्थ्यलाई कसरी हेर्नु भएको छ ?
पक्कै पनि विद्यार्थीहरूको स्वास्थ्य महत्वपूर्ण कुरा हो । हामीले विद्यालय परिसरमा जंकफुड निषेध गरेका छौँ । विद्यार्थीहरूलाई भोक लागे क्यान्टिमा अर्गानिक खानेकुराहरू पकाइन्छ र खुवाइन्छ । विद्यार्थीहरूका लागि मात्र नभई अभिभावकका लागि समेत आँखा, कान, दाँत लगायतका शिविरहरू सञ्चालन गर्ने गरेका छौँ । विद्यार्थीहरूका लागि दुर्घटना बीमा समेत गरेका छौँ ।
विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरू बीचको सम्बन्धलाई सुमधुर बनाउन कसरी काम गरिरहनुभएको छ ?
विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र अभिभावकहरूसँग पटक पटक हामी छलफलमा बस्ने गरेका छौँ । विद्यालय व्यवस्थापन समिति र प्रशासनसँग सधँै नजिक नै रहन्छौँ । कसरी विद्यालयलाई थप उचाइमा पु¥याउन सकिन्छ भन्ने बारेमा प्रअ, व्यवस्थापन समिति, शैक्षिक सल्लाहकारसँग छलफल र बहसबाट गर्ने गरेका छौँ । दैनिक रुपमा हामी छलफलमा छौँ । वर्षमा ४ पटकसम्म अभिभावकसँग छलफल गर्ने, गुनासोहरू सुन्ने र समाधान गर्ने प्रयास गरिरहेका छौँ । आजका दिनसम्म त्रिपक्षीय सम्बन्ध मजबुत र नङमासुजस्तै छ ।
अभिभावकहरू सन्तुष्ट भए नभएको कसरी थाहा पाउनु हुन्छ ?
अभिभावकहरू विश्वास गरेर विद्यार्थी भर्ना गराउनु हुन्छ । राम्रो पढाइ हुन्छ भनेर विश्वास गरेर पठाइरहनु भएको छ । विगतका वर्षहरूमा भन्दा विद्यार्थीहरूको चाप बढेको छ । यसैबाट नै हामीले अभिभावक सन्तुष्ट भए नभएको पनि बुझ्छौँ । शैक्षिक व्यक्तित्व, नागरिक समाज र विद्यार्थीहरूले दिएको प्रतिक्रिया नै हाम्रो ऊर्जा हो ।
अहिले कति प्रतिशतलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ ?
विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको अवस्था हेरेर हामीले छात्रवृत्ति प्रदान गर्ने गरेका छौँ । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको १२ प्रतिशत विद्यार्थीहरूलाई हामीले छात्रवृत्ति प्रदान गरेका छौँ । हामी अभिभावकविहीन, गरिब र पढ्नै नसक्ने अवस्थाका बालबालिका भए निःशुल्क पनि पढाउन सक्छौँ ।
बढ्दो लागूऔषधबाट बालबालिकालाई बचाउन कसरी लागि पर्नु भएको छ ?
बढ्दो लागूऔषधको जोखिमलाई मध्यनजर गर्दै हामीले विद्यालयस्तरमा सचेतना फैलाउने र रोकथामका कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ । हामीले विद्यालय हाताभित्र मात्र नभई घरसम्म समेत प्रत्यक्ष अप्रत्यक्ष रुपमा निगरानी गर्ने गरेका छौँ । विद्यालय हाताभित्र लागूऔषध दुव्र्यसन सेवन गर्ने हामी कल्पना समेत गर्न सक्दैनौँ । त्यसका साथसाथै विद्यार्थीका आनीबानी बुझ्ने, छड्के चेकजाँच गर्ने गरिहेका हुन्छौँ ।
यति मात्र नभई विद्यार्थीहरूलाई लागूऔषधका असरबारे नियमित जनचेतनामूलक कक्षा, अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिन्छ, ता कि उनीहरूले यसको जोखिम समयमै बुझून् । त्यसैगरी, विद्यालयमा काउन्सिलिङ सेवालाई मजबुत बनाइएको छ, जहाँ विद्यार्थीहरूले आफ्ना समस्या खुलेर राख्न सक्छन् र सही मार्गदर्शन पाउँछन् । अभिभावकसँग पनि नियमित समन्वय गरी घर–परिवारबाटै निगरानी र सहयोग बढाउने प्रयास गरिएको छ । विद्यार्थीलाई सकारात्मक दिशातर्फ आकर्षित गर्न खेलकुद, सांस्कृतिक कार्यक्रम, क्लब गतिविधि र जीवन–सीप जोडेका छौँ । जसले उनीहरूलाई गलत बाटोमा लाग्नबाट टाढा राख्न मद्दत पुग्छ ।









प्रतिक्रिया दिनुहोस्