काठमाडौँ।
नेपाली स्वादका उत्पादनको बजार व्यवस्थापन गर्दै आएको अष्ट्रेलियाको सगुन ग्रुप र नेपालको चौधरी ग्रुपबीच सम्झौता भएको छ । पाँच वर्षको लागि गरिएको यो सम्झौताअनुरूप अब चौधरी ग्रुप (सिजी )बाट उत्पादित वस्तुहरूको अष्ट्रेलियाको लागि सगुन ग्रुप सोल वितरक र बजार व्यवस्थापक बनेको छ ।
सम्झौतामा उल्लेख भएअनुरूप अबबाट चौधरी ग्रुपका उत्पादनहरूको सगुन ग्रुपले पूरा अष्ट्रेलिया कानुनी र आधिकारीक रूपमा बजार व्यवस्थापन गर्न पाउने भएको छ । अष्ट्रेलियामा विशेषतः वाईवाई चाउचाउ लगायतका सिजीका अन्य उत्पादनहरू बढी मात्रामा खपत हुने गरेको छ ।
सगुन ग्रुपसँगको सम्झौताले अष्ट्रेलियामा चौधरी ग्रुपका उत्पादनहरूले झनै फैलने र विस्तार हुने अवसर पाउने धारणा चौधरी ग्रुपका ग्लोबल एक्स्पोर्ट हेड जीवन शर्मा आचार्यले बताए । यसैबीच अष्ट्रेलियामा रहने प्रवासी नेपालीहरूमाँझ चौधरी ग्रुपका उत्पादनहरू सहज तरिकाले पु¥याउन आफ्नो संस्थाले पुलको काम गर्न पाएकोमा सगुन ग्रुपका प्रमुख भूषण कक्षपतीले प्रसन्नता व्यक्त गरे । कक्षपतीले चौधरी ग्रुपले आफ्नो संस्थामाथि गरेको विश्वासको आफ्नो संस्था सधैँ कदर गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।









प्रतिक्रिया दिनुहोस्