निबन्धः नानीको पत्र



नरेन्द्रजंग पिटर

प्रियनानी,

तिम्रागहकिलाप्रश्नहरू आएको धेरै दिनभयो।तिमीले सोधेका कुराहरू निकै ओजिला र अर्थपूर्ण छन्। तिम्रा १० वटा प्रश्नमध्ये अहिले केही दोरिएका छन् । मेरा यीउत्तरहरूलाईतिमीले आफ्नै बुझाइको तराजुमाजोखेर मात्रविश्वास गर। जसले भनेको भएपनि हरेक कुरालाई आफ्नो विवेकले जाँच्नुपर्छ। जीवन र जगतप्रतितिम्रो यो चासो देख्दाखुसीलाग्यो। हरेक मान्छेले सोध्ने, सोच्ने र सत्य खोज्ने यस्तै प्रश्नले नै हामीलाई असल ’मान्छे’ बनाउँछन्। तिमी त झन् किशोरी अवस्थाबाटयुवातर्फ पाइलाचाल्दैछौ। यो उमेरमा धेरै जिज्ञासाजाग्नु स्वाभाविकैहो। मनमा रहेका हरेक रहस्यको पर्दा खुलोस् भन्ने लाग्छ। जिज्ञासा र प्रश्नले मान्छेको दिमागलाई सधैँ नयाँ कुरा सिक्न प्रेरित गर्छन्। ज्ञान र बुद्दिलाई तिर्खाछ । कुनै कुरा किनभयो वाकिनभएनभनेर सोच्नुको अर्थ तिमीमा परिपक्वता र चिन्तनगर्ने शक्ति बढ्दैछ भन्ने हो। आजको समयमा धेरैले सोच्न छाडिसकेका छन्, तर तिमीले यस्ता गम्भीर प्रश्न पठाएकोमा म तिम्रो प्रशंसा गर्छु। तिमीजस्ताकिशोर–किशोरीकामनमाउब्जेका यीभावहरूले म जस्तो ७० वर्षको युवालाई पनिअझ धेरै अध्ययनगर्न हौसला दिन्छन्।

अब म तिम्राप्रश्नहरूको उत्तर दिने प्रयास गर्छु

सगरमाथाआरोहण र जीवनयात्रा उस्तै हो र?

नानु, जीवनलाई जसले जसरी भोग्छ, उसकै लागित्यस्तै हुन्छ जीवन। जिन्दगी गणितको सूत्र (फर्मूला) ले चल्दैन। गणितमा २ र २ जोड्दा सधैँ ४ हुन्छ, तर जीवनको उत्तर एउटै हुँदैन। यात्रामाआउने हरेक मोडले जीवनलाई हेर्ने दृष्टिकोण फेरीदिन्छ।तिमीले कल्पना गरेजस्तै सगरमाथा चढ्नु र जीवनको यात्रागर्नुमा धेरै समानता छन्। दुवैमाउकाली–ओराली र कठिनाइहरू आउँछन्। अहिले तिम्राअभिभावकहरू तिम्रो सुखकालागिनिकै मिहिनेत गरिरहनु भएको छ। तिमीले कल्पना गरेको सगरमाथाको चुनौती र जीवनको भोगाइ कस्तो छ, त्यो तिम्रो सोचमा भर पर्छ।अहिले तिम्रो मुख्यकामभनेको राम्ररी पढ्नु, बाबुआमालाई सघाउनु र फुर्सदमाकथा–कविता लेख्नु र चित्रकारितागर्नु हो। आफू जस्तै अरू साथीहरूका समस्या कसरी समाधानगर्न सकिन्छ भनेर सोच्ने यो सहीउमेर हो। संसारमाअसम्भव केही छैन। सगरमाथा सफलआरोहण गर्नेहरूलाई हेर त! कतिकमउमेरका, कति वृद्ध र कतिपयशारीरिक रूपमा फरक क्षमताभएकाहरूले पनि सफलतापाएका छन्। अन्तरिक्ष यात्री र ठूला आविष्कारकहरूको जीवनी पढ, जसले असम्भवलाई सम्भव बनाए। जीवन सपना देख्ने र हिम्मतहार्न नचाहनेहरूकालागिहो। तिमीले सक्छौ, तिमीले जित्नुपर्छ।

मान्छे किन बुढो हुन्छ?

तिम्रो यो प्रश्न सुन्दामलाई बुद्ध बन्नुअघिका सिद्धार्थ गौतमको सम्झनाआयो। उनलाईपनि यस्तै प्रश्नले सताउँथ्यो। वैज्ञानिक रूपमाभन्नुपर्दा, हाम्रो शरीर साना–साना’कोष’ (ऋभििक) हरूबाट बनेको हुन्छ। हाम्रो बाल्यकाल, युवावस्था र बुढ्यौलीयी कोषहरूको विकास प्रक्रियाहो।तिमीले चाल्र्स डार्विनको विकासवादी सिद्धान्तबारे पढेकी छौ होला, नभए पछि पढ्नेछौ। जब समयसँगै हाम्रो शरीरमानयाँ कोषहरू बन्ने क्रम सुस्त हुन्छ र पुराना कोषहरू कमजोर हुँदै जान्छन्, तब मान्छे बुढो देखिन थाल्छ।यो एउटा प्राकृतिकचक्रहो।

मान्छे किनमर्छन् ?

यो प्रश्नपनि अघिल्लो उत्तरसँगै जोडिएको छ। हाम्रा कोषहरूको आयु र तिनले गर्ने कामले नै हाम्रो आयु तय गर्छ। शरीरमानयाँ कोषहरू बन्न रोकिनु नै मृत्युको एउटा मुख्य कारण हो। कतिपयमानिस सानै उमेरमा मर्नुको कारण चाहिँ शरीरका महत्त्वपूर्ण अङ्गहरू (जस्तै मुटु वाकलेजो) ले कामगर्न छोड्नु हो। जसरी एउटा मेसिन पुराना भएपछि वाइन्जिन बिग्रिएपछि चल्न छोड्छ, मानव शरीर पनित्यस्तै हो।

मान्छे धनी पैसाले मात्रै हुन्छ र? पैसा छ त सबै छ, छैन त केही छैन हो र बुवा?

नानु, तिम्राप्रश्नहरू गहिरिँदै छन्। तिमीले जुनविषयमाचिन्तालिनुपर्ने हो, त्यसमाभन्दाअन्य कुरामा बढी घोत्लिएको जस्तो देखिन्छ। मैले पहिले पनिभनेँ— तिम्रो खुसीकालागितिम्राबाबा–आमाले दिनरातमिहिनेत गरिरहनुभएको छ। हुन त यो उमेर पैसा र मृत्युबारे धेरै चिन्तागर्ने उमेर त होइन, तैपनि म तिम्रो जिज्ञासा शान्तपार्ने प्रयास गर्छु।पैसाजीवनचलाउनआवश्यक एउटा साधनमात्रहो, यो सबैथोक होइन। नदीतर्नका लागि डुङ्गा चाहिन्छ, तर किनारामापुगेपछि डुङ्गा त्यहीँ छोडेर अगाडि बढ्नुपर्छ। यात्राजारी राख्नअर्को साधन चढ्नुपर्छ। पैसा पनित्यस्तै हो, यसले आवश्यकता पूरा गर्छ तर यो नै जीवनको अन्तिमलक्ष्यहोइन।पैसालाई नै सर्वस्व मान्ने हो भने यसले हामीलाई गलत बाटोमा पु¥याउन सक्छ। पैसाको मात्रलोभ गर्दा मान्छेको बानी, व्यवहार र चरित्र बिग्रन सक्छ। जसले पैसालाई मात्रै ठूलो ठान्छ, उसले नैतिकता र आमाबाबुप्रतिको कर्तव्य बिर्सन्छ। पैसाकालागि जे गरे पनि हुन्छ भन्ने सोचले मान्छेलाई ठगी वाअपराधतिर धकेल्छ। दिनभर पैसाकै मात्रचिन्तागर्दा मनको शान्ति र रातको निद्रा हराउँछ।नानु, आजको संसारमाहामी’खुसी’ बेचेर ’सुखका सामान’किन्ने प्रयास गरिरहेका छौँ। तर सम्झ राख, पैसाले महँगा सामानकिन्न सकिएला, तर साँचो सुख र आयु किन्न सकिँदैन। मृत्यु (काल) ले कसैको घुस खाँदैन। संसारका महान् मानिसहरू धेरै पैसा भएर महान् भएकाहोइनन्, बरु उनीहरूले त त्याग र सेवा गरेर नामकमाएकाहुन्। मअर्को पत्रमा’धनीहुनु’ र ’महान् हुनु’बीचको फरक बुझाउँला।

मान्छे मर्नैछ भने जन्मनु नै किन?

मान्छे जन्मनुको उद्देश्य के हो?जन्म र मृत्यु हाम्रो हातमा छैन। यो प्रकृतिको एउटा जैविकनियमहो। अहिले विज्ञानले प्रयोगशालामा’क्लोनिङ’ (हुबहु जीवबनाउने प्रविधि) बाट मानिस बनाउने कोसिस त गर्दैछ, तर यो मानवीय सभ्यताकालागि ठूलो खतरा हुन सक्छ।जन्म र मृत्युमाहाम्रो नियन्त्रण नभएपनिजीवनलाई कसरी बिताउने भन्ने कुरा हाम्रै हातमा हुन्छ। असलमानवीयभूमिकानिर्वाह गरेर जीवनलाई उद्देश्यमूलकबनाउन सकिन्छ। तर कहिलेकाहीँ पैसा, शक्ति र अनावश्यकचाहनाको ’भोक’ ले हामीलाई असल मान्छे बन्नबाट रोक्छ।भोक, प्यास र निद्रा हरेक जीवलाई लाग्छ, तर त्यसको एउटा सीमा तय गर्न सके मात्र मान्छे र पशुबीचको भिन्नता देखिन्छ। तिम्रो उद्देश्य जस्तो छ, सफलताको अर्थ पनि त्यस्तै हुन्छ।

अन्धो मान्छेले के देख्छ होला?

आँखा, दृष्टि र नजर सुन्दा उस्तै लागे पनियिनको अर्थ फरक छ। आँखाभएर पनि सही सोच छैन भने हामीले वस्तुको आकार र रङ्ग त देख्छौँ, तर त्यसको भित्री गुण चिन्न सक्दैनौँ। जस्तै, तिमीले हरियो चस्मा लगाएर रातो गुलाफ हे¥यौ भने त्यो कालो देखिन्छ। हाम्रो हेर्ने दृष्टिकोणले नै संसार कस्तो देखिन्छ भन्ने तय गर्छ।दृष्टि नभएकामानिसहरूको स्मरण शक्ति र अरू इन्द्रियहरू (कान, नाक, छाला) निकै सक्रिय हुन्छन्। उनीहरू वरपरको वातावरणलाई महसुस गरेर बुझ्न सक्छन्। अहिले त उनीहरूकालागि पढ्न ’ब्रेललिपी’पनि छ। यसै महिना मैले मङ्गलमाध्यमिकविद्यालयका दृष्टिहीन शिक्षककन्हैया रानालाई भेटेको थिएँ। १५ वर्षपछि भेट्दा पनि मेरो स्वर सुन्ने बित्तिकै उनले मलाई चिनिहाले। दृष्टिनभएर पनि धेरैले विद्यावारिधि (पियचडी) गरेका छन्, ठूला गायक र सङ्गीतकार बनेका छन्। उनीहरूको ’भित्रीआँखा’ (अन्तर्दृष्टि) अचम्मको हुन्छ।मेरा यीविचारहरू तिमीलाई कस्तो लाग्यो?अर्को पत्रमा लेख्नु है नानु। आजलाईबिदा।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १९ गते शनिबार