कर्णाली प्रदेशसभाको सचिवमा डा. अर्जुन खड्का नियुक्त



काठमाडौँ ।

कर्णाली प्रदेशसभाको सचिवमा डा. अर्जुनकुमार खड्का नियुक्त भएका छन् । नेपाल सरकारका पूर्व सहसचिवसमेत रहेका खड्का सिद्धिचरण नगरपालिका–९ ओखलडुङ्गा स्थायी निवासी हुन् । संघीय संसद सचिवालयमा पाँच वर्ष कानुनी सहसचिवको रूपमा काम गरेका खड्कासँग कानुन र न्यायको क्षेत्रमा ४० वर्ष काम गरेको अनुभव छ ।

संविधान निर्माणका क्रममा सविधानको मस्यौदा समितिमा रहेर काम गरेका उनले २०७४ सालमा कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन सञ्चालनका क्रममा हप्तादिनसम्म प्रदेशसभामै बसेर बैठक सञ्चालनको सहजीकरणसमेत गरेका थिए ।

खड्कालाई सभामुख नन्दा गुरुङले प्रदेशसभा सचिवमा नियुक्त गरेकी हुन् । नवनियुक्त सचिव खड्काले मंगलबार नै पद तथा गोपनियताको शपथ लिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १५ गते मंगलबार