काठमाडौँ ।
सुकुम्बासी मोर्चाका नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय घेर्न पुगेका छन् । थापाथलीको सुकुम्बासी बस्ती खाली गर्न प्रशासनले उर्दी जारी गरेपछि उनीहरू रास्वपा केन्द्रीय कार्यालय घेर्न पुगेका हुन् ।
सरकारले शनिबारदेखि काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्न लागेको छ । त्यसका लागि बिहीबार राति नै काठमाडौं महानगरले बस्तीमा माइकिङ गरेको थियो ।
अटेरी गरेको अवस्थामा संयुक्त कारबाही गरी संरचनाहरू भत्काउने सरकारको तयारी छ । सुकुम्बासी बस्तीबाट केहीले सामान अयन्त्र सार्न थालेका छन् भने केही आन्दोनमा उत्रिएका छन् ।
प्रकाशित मिति : २०८३ वैशाख ११ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्