काठमाडौँ।
काठमाडौँ उपत्यकामा बढ्दो वायुप्रदूषणका बीच ब्ल्याक प्लस डेकरले वायु शुद्धीकरणको उपयुक्त विकल्पका रूपमा आफ्नो एयर प्युरिफायर प्रयोग गर्न सुझाव दिएको छ । कम्पनीका अनुसार धेरै समय बिताइने घर वा कार्यालयभित्रको हावालाई भने सुरक्षित राख्नका लागि ब्ल्याक प्लस डेकरको एपी३५६०–बी५ एयर प्युरिफायर उपयुक्त विकल्प हो ।
यसले हावामा रहेका घातक पीएम२.५ सूक्ष्म कणहरूलाई तीन तहको सुरक्षा प्रणालीमार्फत फिल्टर गर्दछ । यसमा भएको टु एचईपीए १३ फिल्टरले हावामा रहेका ९९.९७ प्रतिशतसम्मका हानिकारक सूक्ष्म कण, एलर्जी गराउने तत्त्व र ब्याक्टेरियालाई नष्ट गरी शुद्ध हावा प्रदान गर्छ ।
एक्टिभेटेड कार्बन फिल्टरले धुवाँ, बाहिरी अस्वस्थकर गन्ध र हानिकारक ग्यासहरूलाई तुरुन्त सोसेर हावालाई ताजा बनाउँछ । यस्तै प्रि–फिल्टरले धुलोका ठूला कण र घरपालुवा जनावरका रौँलाई रोकेर मुख्य फिल्टरको आयु बढाउन मद्दत गर्छ ।
नेपाली इलेक्ट्रोनिक्स बजारमा ४० वर्षभन्दा बढी समयदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन र नवप्रवर्तनमार्फत लाखौँ उपभोक्ताको विश्वास जितेको छ । कम्पनीले देशभरका २८ वटा अत्याधुनिक सीजी डिजिटल र एलजी शपी शोरुम, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइनमार्फत उत्पादन खरिद गर्न सकिने जनाएको छ ।
नेपालमा उपलब्ध ब्ल्याक प्लस डेकरका एयर प्युरिफायर २४ महिना (२ वर्ष)को विस्तृत वारेन्टीका साथ उपलब्ध छन् । सीजी इलेक्ट्रोनिक्सको देशव्यापी बलियो सर्भिस नेटवर्कले उपभोक्तालाई बिक्रीपछिको उत्कृष्ट सेवा र पूर्ण सन्तुष्टि सुनिश्चित गर्दछ ।









प्रतिक्रिया दिनुहोस्