भिभो भी–७० नेपाली बजारमा सार्वजनिक



काठमाडौँ ।

स्मार्टफोन कम्पनी भिभोले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले लोकप्रिय भी सिरिजअन्तर्गत भी–७० मोडेल सार्वजनिक गरेको छ । भिभो भी–७० सार्वजनिक भएसँगै यसलाई थप आकर्षक बनाउन कम्पनीले विशेष अफर ल्याएको जनाएको छ ।

जसअन्तर्गत स्मार्टफोन खरिद गर्ने पहिलो १२ सय ग्राहकले भिभो बड्स एयर–३ निःशुल्क प्राप्त गर्नेछन् । त्यसैगरी, पहिलो दुई हजार ग्राहकले ६ महिनासम्म मान्य हुने एकपटकको स्क्रिन रिप्लेसमेन्ट र एकपटकको वाटर ड्यामेज प्रोटेक्सन सुविधा प्राप्त गर्नेछन् । साथै, चारजना भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप इभी स्कुटर जित्ने अवसर पनि पाउनेछन् ।

कम्पनीका अनुसार भी–७० मा ५० मेगापिक्सेल जाइस सुपर टेलिफोटो क्यामरा जडान गरिएको छ । यसले टाढाबाट पनि स्पष्ट र उच्च गुणस्तरका तस्बिर खिच्ने कम्पनीको दाबी छ । लाइट कम हुँदा पनि राम्रो फोटो खिच्न सक्ने सुपर टेलिफोटो क्यामरामार्फत प्रयोगकर्ताले महत्वपूर्ण क्षण कैद गर्न सक्ने बताइएको छ ।

भी सिरिजअन्तर्गतको भी–७० मा पहिलोपटक ४के ६० फ्रेम प्रतिसेकेन्ड भिडिओ रेकर्डिङ सुविधा उपलब्ध छ । एआई स्टेज मोडको सहयोगले २० गुणासम्म जुम गर्दा पनि स्पष्ट दृश्य कैद गर्न सकिन्छ । साथै, जाइस मल्टिफोकल पोट्र्रेट र जाइस स्टाइल बोकेहजस्ता फिचरले पोट्र्रेट फोटोग्राफीलाई थप आकर्षक बनाउने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार भी–७० देशभर बिक्रीका लागि उपलब्ध भइसकेको छ । यसको १२÷२५६ जिबी भेरियन्टको ८३ हजार ९९९ र १२÷५१२ भेरियन्टको मूल्य ९४ हजार ९९९ रूपैयाँँ तोकिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २६ गते बिहीबार