बेकोको नयाँ वर्ष अफर सार्वजनिक



काठमाडौँ ।

होम अप्लायन्स ब्रान्ड बेकोले नयाँ वर्ष २०८३ लाई लक्ष्य गर्दै नेपाली ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ । अभियानले नयाँ वर्षको सुरुवातलाई स्मार्ट, सहज र आधुनिक बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ । योजनाअन्तर्गत ग्राहकले बेकोका विभिन्न होम अप्लायन्स खरिद गर्दा ७० हजार रूपैयाँँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।

साथै हरेक खरिदमा स्योर सट उपहारको सुविधा छ । अफरअन्तर्गत वासिङ मेसिनको खरिदमा ६ केजी एरियल डिटर्जेन्ट, डिसवासरको खरिदमा २ वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनको खरिदमा सीजी प्रेसर कुकर तथा एयर कन्डिसनरको खरिदमा निःशुल्क जडान सुविधा प्रदान गरिने छ ।

बेकोले आफ्नो उत्पादनमा गुणस्तर र प्रविधिलाई उच्च प्राथमिकता दिँदै आएको छ । कम्पनीले शतप्रतिशत पार्टपुर्जाको उपलब्धता र सेवा सुनिश्चितता, स्मार्ट होमह्विज ब्लुटुथ कनेक्टिभिटीका साथै १२ वर्षसम्मको वारेन्टी सुविधासमेत उपलब्ध गराउँदै आएको छ । युरोपको नम्बर १ होम अप्लायन्स ब्रान्डको रूपमा स्थापित बेकोले नेपालमा पनि आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ ।

ग्राहकले सीजी इलेक्समार्फत सजिलो शून्य प्रतिशत ईएमआई सुविधा पनि उपभोग गर्न सक्ने छन् । जसका लागि नागरिकता भए पुग्छ । सीजी इलेक्ट्रोनिक्समार्फत नेपालभर उपलब्ध बेकोका यी सबै अफर सीमित अवधिका लागि मात्र लागू हुने छन् । नजिकको आधिकारिक शोरुम वा डिलरमार्फत खरिद गर्न सकिने छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २६ गते बिहीबार