काठमाडौँ ।
नयाँ वर्ष २०८३ को अवसर पारेर ‘इन्जिनियर्ड इन जापान’ अवधारणामा आधारित सेन्सेइ ब्रान्डले ‘सेन्सेइ किनिन्छ, हिरो स्प्लेन्डर प्लस चढिन्छ’ उपभोक्ता योजना सार्वजनिक गरेको छ । दैनिक जीवनलाई सहज र आधुनिक बनाउने घरायसी उपकरणसँगै उपभोक्तालाई उत्साहजनक लाभ प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।
योजनाअन्तर्गत सेन्सेइका विभिन्न होम अप्लायन्स खरिद गर्दा ग्राहकहरूले २८ हजार ७ सय रूपैयाँँसम्मको इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्ने छन् । साथै उत्पादनअनुसार निश्चित उपहारको पनि व्यवस्था गरिएको छ । फ्रन्ट लोड वासिङ मेसिन खरिदमा ६ केजी एरियल तथा सेमी–अटोमेटिक वासिङ मेसिन खरिदमा १ केजी एरियल र एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सुविधा उपलब्ध गराइएको छ ।
अभियानको मुख्य आकर्षणका रूपमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल बम्पर उपहार राखिएको छ । ग्राहकहरू क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गरेपछि लक्की ड्रमा सहभागी हुन सक्ने छन्, जसबाट भाग्यशाली एक जनाले उक्त मोटरसाइकल जित्ने अवसर प्राप्त गर्ने छन् ।
सेन्सेइ चौधरी समूहअन्तर्गतको ब्रान्ड हो । जसले नेपाली बजारमा रेफ्रिजेरेटर, एसी, वासिङ मेसिन, एयर कुलर, भ्याकुम क्लिनर, चेस्ट फ्रिजर, एलईडी टिभीलगायतका उत्पादन उपलब्ध गराउँदै आएको छ । जापानी प्रविधिमा आधारित डिजाइन, टिकाउपन र किफायती मूल्यका कारण सेन्सेइले छोटो समयमै उपभोक्तामाझ विश्वासिलो ब्रान्डको रूपमा आफ्नो स्थान बनाएको छ ।
नेपालभर सीजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध सेन्सेइ ब्रान्डले आफ्ना शोरुम तथा अधिकृत डिलर नेटवर्कमार्फत सहज पहुँच सुनिश्चित गर्दै आएको छ । नयाँ वर्षको अवसरमा ल्याइएको यस योजनाले उपभोक्तालाई भरपर्दो र लाभदायक खरिद अनुभव प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
ग्राहकहरूले नजिकैको अधिकृत डिलर वा शोरुमबाट सेन्सेइका उत्पादन खरिद गरी क्यासब्याक, निश्चित उपहार तथा क्यूआर कोड स्क्यानमार्फत यस योजनामा सहभागी भई बम्पर पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्ने छन् ।









प्रतिक्रिया दिनुहोस्