बजाजले ल्यायो ‘क्युआर क्याम्पेन’



काठमाडौँ ।

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८३ को अवसरमा ‘बजाज न्यू इयरको क्युआर’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ । ‘अब क्युआर गरि क्यास तिर्ने हैन, क्यास जित्ने !’ भन्ने नारासहित ल्याइएको यस योजनाले ग्राहकलाई डिजिटल माध्यममार्फत रमाइलो गर्ने मात्रै होइन पुरस्कार नै जित्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले बजाजका आधिकारिक सोरुमहरू लगायत विभिन्न सञ्चार माध्यम तथा सामाजिक सन्जाल र अन्य जहाँसुकै राखिएको भएपनि क्युआर कोड स्क्यान गरी गेम खेल्न सक्नेछन् । हरेक दिन सहभागीहरूमध्ये भाग्यशाली एक जना विजेताले स्मार्ट वाच जित्नेछन् । साथै, बजाज खरिदकर्ताले अधिकतम १ लाख रूपैयाँसम्म नगद पुरस्कार तथा अन्य आकर्षक उपहारहरू जित्ने अवसर पनि पाउनेछन् ।

कम्पनीका अनुसार हालसम्म क्युआर कोड मुख्यतः भुक्तानीका लागि प्रयोग हुँदै आएकोमा अब ग्राहकहरूले सोही माध्यमबाट नगद जित्ने नयाँ र उत्साहजनक अनुभव लिन सक्नेछन् । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले यसबारे भने, ‘डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै हामीले ग्राहकहरूलाई नयाँ र रोचक अनुभव दिन खोजेका हौँ ।

क्युआर स्क्यान गरेर नगद जित्ने अवसरले ग्राहकहरूलाई थप उत्साहित बनाउने विश्वास लिएका छौँ ।’ बजाजको यो क्युआर योजना देशभर रहेका बजाजका सबै आधिकारिक सोरुमहरूमा लागु हुनेछ ।

ग्राहकहरूले सो स्थानमा उपलब्ध क्युआर कोड स्क्यान गरी सजिलै यस योजनामा सहभागी भई विभिन्न उपहारहरू जित्न सक्नेछन् । नयाँ वर्षको अवसरमा ल्याइएको यस योजनाले बजाज मोटरसाइकल खरिद गर्न चाहने ग्राहकहरूलाई थप उत्साह र ऊर्जा प्रदान गर्ने कम्पनीको विश्वास रहेको विज्ञप्तिमा उल्लेख छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २१ गते शनिबार