कुमारी बैंकद्वारा डेबिट मास्टरकार्ड सेवा सञ्चालन



काठमाडौँ ।

कुमारी बैंक लिमिटेडले आफ्नो मास्टरकार्ड सेवा सार्वजनिक गरेको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत बैंकले आफ्ना ग्राहकका लागि बिहीबारदेखि डेबिट मास्टरकार्ड जारी गर्न सुरु गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले मास्टरकार्ड जस्ता विश्वव्यापी भुक्तानी समाधानले बैंकको सेवा क्षमतामा थप वृद्धि गर्ने बताए । कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्राकारले डेबिट मास्टरकार्डले भौतिक तथा डिजिटल दुवै माध्यमको उपयोग सरल र सुरक्षित हुने बताए ।

डेबिट मास्टरकार्ड नेपाल, भारत र भुटानका सबै मास्टरकार्ड स्वीकार गर्ने एटीएम तथा पीओएसमा प्रयोग गर्न सकिने, मास्टरकार्ड को क्रेडिट कार्ड सेवा पनि चाँडै सुरु हुने, मास्टरकार्डमार्फत अनलाइन तथा अन्तर्राष्ट्रिय भुक्तानीसमेत सहज हुने बैंकले जनाएको छ । बैंकले गत वर्षदेखि नै आफ्ना एटीएममा मास्टरकार्ड स्वीकार गर्दै आएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १३ गते शुक्रबार