सिटिजन्स बैंकको सातै प्रदेशमा वित्तीय साक्षरता



काठमाडौँ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ वटै प्रदेशमा रहेका आफ्ना १०८ शाखा कार्यालयहरूबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेर ‘स्मार्ट मनी टक्स २०२६’ भन्ने मूल नाराका साथ गत चैत २ देखी ८ गतेसम्म सञ्चालन भएको ‘ग्लोबल मनी विक २०२६’ हजारौँ सर्वसाधारण लक्षित वर्गलाई वित्तीय ज्ञान प्र्रदान गरेर सम्पन्न गरेको छ । यस ग्लोबल मनी विकबाट करिब छ हजार नागरिक लाभान्वित भएका बैंकले जनाएको छ ।

ग्लोबल मनी विकअन्तर्गत बैंकले कोशी प्रदेशको बनिगा, बिर्तामोड, दिक्तेल, इटहरी, गाईघाट, इनरुवा, लौकाही, दुहबी, हरिनगर, दमक, पथरी, हल्दिबारी, कञ्चनबारी २, डाँगीहाटर विराटनगर, मधेश प्रदेशको कञ्चनरूप, लोहरपट्टी, पथलैया, बर्दिबास, फतेपुर, वीरगञ्ज, महेन्द्रनगर (धनुषा), पाटो, औरही, गौशाला, धनुषाधाम, गरुडा, कल्याणपुर, लाहान, निजगढ, रामगोपालपुर, बोदेबरसाइन र राजविराज, बागमती प्रदेशको चरिकोट, कुलेश्वर, कलंकी, ग्वार्को, बनेपा, नारायणघाट, सिनामंगल, मंगलपुर, धार्के, हेटौँडा, नयाँबानेश्वर, सिन्धुली, देविघाट, पानीपोखरी, भैंसेपाटी, धुम्बाराही, ठसिखेल, हरिहरपुरगढी, इमाडोल, ज्यामिरे, काडाघारी, कुपण्डोल, कोटेश्वर, मनहरी, डिल्लीबजार, टोखा र थापाथलीमा वित्तीय ज्ञान प्रदान गरेको छ ।

त्यसैगरी गण्डकी प्रदेशको भोटेओडार, चामे, कावासोती, धारापानी, कोल्हुवा, बिरौटा, पोखरा, बागलुङ, अमरापुरी, अरुणखोला र दमौली, लुम्बिनी प्रदेशको जिमिरेभर, रामापुर, ओडारी, बढैयाताल, बेलाटारी, भालुही, महेशपुर, परासी, सिद्धार्थनगर, कोहलपुर, शीतलनगर, घोराही, गुलरिया, भुताहा, इमिलिया, झिमरुख, लमही, मुरगिया, तौलिहवा, तुलसीपुर, सिमलचौर, बंगलाचुली, सुनवल, रानीबगिया, भुमहीर जितपुर, कर्णाली प्रदेशको जुफाल, सिमीकोट, दुल्लु, जुम्ला, डोल्पा, गमगढी, सुर्खेत र नाम्खामा तथा सुदूरपश्चिम प्रदेशको अत्तरिया, ढकारी र बझाङमा विभिन्न वित्तिय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्र्रदान गर्ने कार्य गरेको छ ।

यस कार्यक्रममा उपस्थित युवा तथा विद्यार्र्थी वर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ । यससँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बंैकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको थियो । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बंैकिङ्ग प्रणाली मजबुत हुने साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास लिएको बैंकले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १२ गते बिहीबार