सिद्धार्थ बैंकद्धारा विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान



कोहलपुर ।

सिद्धार्थ बैंक कोहलपुर शाखाले ‘ग्लोबल मनी वीक २०२६’ सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ज्ञान बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बुधबार क्याम्पसमा अध्यनरत बिबिएसका विद्यार्थीहरूको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा क्याम्पसका ७० जना सहभागी विद्यार्थीहरूलाई डिजिटल बैंकिङबारे जानकारी दिएको सिद्धार्थ बैंक कोहलपुर शाखा प्रबन्धक मंगलसिंह ठकुरीले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरूलाई बैंक के हो ? बैंकले प्रदान गर्ने विभिन्न सेवा–सुविधाहरू, बैंकिङ बारे आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्व र वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा पारिवारिक बजेट तयार गर्ने तरिकाबारे साक्षर गराइएको थियो ।

उनले बचत गर्ने बानी सुधार गर्ने तरिका, बैंकले प्रवाह गर्ने विभिन्न कर्जा लगायत सहुलियतपूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, कानुनीरूपमा गरिने रेमिटेन्सको प्रक्रिया, कानुन विपरीतको हुण्डी र त्यसका नकारात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका, आदि जस्ता विषयहरूमा विस्तृत ज्ञान प्रदान गरिएको बताए ।

साक्षरता कार्यक्रमले आगामी दिनहरूमा बैंकमा गएर कुनै पनि बैंकिङ कार्य गर्न परेमा सहज हुने र सो ज्ञानले उनीहरूका व्यक्तिगत लगायत व्यवसायमा पनि उत्तिकै मद्दत पुग्ने बैंकको विश्वास रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ५ गते बिहीबार