कथाः मृत्युुको मुुखबाट फर्किएको छोरो



मानबहादुर विक

माइलो छोरो जन्मिएको करिब पाँच, छ महिना मात्र पुुगेको हुुँदो हो । उसलाई बिरामीले च्याप्न थाल्यो । शरीरभरि फोका उठ्ने अनि पाक्ने उसको रोगको प्रकृति थियो । त्यतिबेला गाउँघरमा स्वास्थ्य चौकी, अस्पताल कहाँ पाउनुु । भेट्ने, देख्ने मानिसहरु निकै चिन्तित हुुन्थे छोराको अवस्थाले । कतिले देवी, देवताको दोष होला भन्ने पनि अड्कल काट्थे । धामी, झाँक्रीले भने अनुुसारका भोग, भाकल गर्ने काम पनि बाँकी राखिएन । कतिले जडीबुुटीको औषधी सिकाए त्यो पनि गरियो । छोरो सन्चो हुुने आसामा कुुनै कसुुर बाँकी राखिएन । एउटै मात्र चिन्ता थियो छोरालाई कसरी स्वस्थ बनाउन सकिन्छ भन्ने । सबैले भने अनुुसारको उपचार कार्य अगाडि बढाइसकेको थिएँ तर केही फरक पाउन सकिएन । झन् छोरो गल्दै गएको महसुुस हुुन थाल्यो । देशका सबै कुना कुुनासम्म त अहिले पनि सर्वसाधारण जनताको पहुुँचमा स्वास्थ्य सेवा पुुग्न सकिरहेको अवस्था छैन भने उतिबेला झन् कस्तो स्थिति थियो होला ? सहजै कल्पना गर्न सकिन्छ । शिक्षा, स्वास्थ्य, सञ्चार, यातायातजस्ता आधारभूुत आवश्यकता पूुर्ति नहुुँदा जनजीवन कति प्रभावित हुुन्छ, त्यही नियति नै मैले जीवनमा भोग्नुप¥यो । बिरामी छोरो दिनदिनै गल्दै गइरहेको छ तर त्यो क्षेत्रमा न स्वास्थ्य संस्था छन् न त सञ्चार, यातायातको नै सुुविधा । घरमा धामी, झाँक्री, वैद्य सबैको विधि पूुरा भइसक्यो । उपाय केही नचलेपछि पैदल यात्रा गर्दै छोराको उपचार गर्न नेपालगन्ज पुुगियो ।

पूुरै शरीर पाकेर सेताम्य, रक्ताम्य भएको थियो । पैदल यात्रा नेपालगन्ज पुुग्नुु चानचुुने कुुरा थिएन । छोरालाई लिएर बाटो त लागियो । बाटो निकै टाढा । करिब दुुई, तीन लाग्ने । त्यति टाढाको यात्रा छोरालाई न बोक्न सकिन्छ न त समात्न नै । पूुरै घाउ नै घाउले भरिएको त्यो शरीरमा डाक्टरको सुुई गोप्नेसम्म ठाउँ थिएन । रातदिन रोइकराइ मात्र गरिरहन्थ्यो । शिशुु अवस्थाको बच्चा, त्यसमा पनि त्यस्तो पीडाले जकडेपछि के लाग्थ्यो बिचरा उसको । कति दुुख्यो होला विचरा त्यो अबोध बच्चाको शरीर । उसको छट्पटी, पीडा त बोध गर्न सक्थ्यौँ नि हामी । आमाबुुबाको मन न हो । ऊ रुँदा हामी कति रोयौँ होला । उसले उकुुसमुुुकुुस गर्दा हामी कति छट्पटियौँ होला । कहिलेकाहीँ छोरो मुुस्कुुराउँदा आफ्ना सारा पीडा र रोदनले एकछिन् भारी बिसाउने मौका पाउँथे । कोहलपुुर, नेपालगन्जमा पनि अस्पताल भेट्न मुुस्किल पथ्र्यो । अहिले त सुुगम ठाउँमा अस्पतालकै सहर हुुन्छ । त्यतिबेला खोजेर पनि अस्पताल भेटिदैनथे । मुुस्किलले नेपालगन्जमा डा. गोपाल श्रेष्ठको क्लिनिक भेटियो । उनले सकेसम्मको चेकजाँच गरे । शरीर पाक्ने रोग त छँदै थियो । त्यसैमा निमोनियाले पनि आक्रान्त पारेको रहेछ ।

छोराको उपचारमा नेपालगन्ज दुुई, तीन महिनाको अन्तरालमा गइरहनुपथ्र्यो । सन्चो होला जस्तो हुुन्थ्यो तर फेरि घाउ बल्झिहाल्थ्यो । घरको दयनीय आर्थिक अवस्था त्यसमा पनि छोराको त्यो हालत । अरु छोराछोरी सानै थिए । म एकजनाको आडमा चलेको परिवार । तिनै साना छोराछोरीको भरमा घर हुुन्थ्यो । हामी आमाबुुबा अस्पताल दौडिरहनुुपथ्र्यो । कति रात विरहका कुुरा गरेर जाग्राम बसेका छौँ हामी लोग्ने स्वास्नी। छोरालाई न काखमा राख्न सकिने न बिस्तारामा सुुताउने नै । शरीरको त्यो हेरिनसक्नुुको घाउले मन निकै पिरोलिन्थ्यो । आजको जस्तो सस्तो पैसा कहाँ थियो र उबेला । दिनभरि ज्याला मजदुुरी गरेर चालीस, पचास रुपैयाँ हात पथ्र्यो । त्यही पैसा पोको पार्दै अनि रिन, सापटी जोहो गर्दै छोराको उपचार गथ्र्यौँ । उपचार गरेको केही समय सन्चो हुुन्थ्यो । त्यतिबेला छोरो सन्चो हुुने आसाले निकै खुुसी छाउँथ्यो हामीमा तर तीन, चार महिनापछि उही हालत । हामीमा पुुन ः उही निराशा, उही बाटो, उही अस्पताल, उही दुुःख, उही वेदना । गाउँका इष्टमित्र, साथीभाइ भेट्न आउँथे । सबैले अवस्था हेरफेर गर्थे । कसैले पनि यो बालक बाँच्छ भन्न सकेनन् । सबैले भन्थे “यो बालक दुुखारी रहेछ । न आफूु सुुखले बाँच्ने भो, न आमाबुुबालाई नै । यसले विचरा ! बुुबालाई रिनमा मात्रै डुुबाउने भो ।” गाउँलेका यस्ता बिचारले झन् मन कुुँडिन्थ्यो । मनमा अशान्तिको बाढी आउँथ्यो ।

अस्पालमा श्रीमतीको एक्लो दौडधुुप

आमाबुुबाको लागि सन्तान मुुटुुका टुुक्रा हुुन्छन् । आफ्ना हरेक पीडा लुुकाउँदै सन्ततिका खातिर आफूुलाई बलिदानी दिन पछि पर्दैनन् । जसरी आफ्नो बचेराको लागि चरी पासो पर्छे नि । हरपल छोराको स्वासका धड्कन् नियाल्दै, विरहले आँसुुका प्याला पिएर चौबीसै घन्टा जाग्राम बसेको पल थियो त्यो । छोराको त्यो अवस्थाले हाम्रा आँखाका तरेली भासिएर परेली भिजाउँदै बहिरहे अनवरत अश्रुुधारा । जबसम्म हाम्रा आँखाका अश्रुुमुुहान रित्तिएनन्, सुुकेनन् तबसम्म । छोराको उपचारले घरको ढुुकुुटी सबै रित्तियो । छरछिमेकबाट पनि धेरै पटक सरसापट मागिसकेको थिएँ । जसोतसो गाउँघरबाट रिन सापट गरेर श्रीमतीलाई एक्लै छोरोको उपचारमा अस्पताल पठाएँ अनि म जिविकोपार्जन गर्न काममा लाग्न थालेँ । परिवारको जिविका चलाउन र छोराको उपचार गर्न यो भन्दा अर्को कुनै विकल्प थिएन मेरो सामुु । काखमा बच्चा च्यापेर सुुनसान घना जङ्गलको बाटो पीडाका भारी बोक्दै, वेदनाका सुुसेली हाल्दै कसरी अगाडि बढे होलान् श्रीमतीका ती गन्तव्य पथहरु । त्यो अतेस लाग्दो सुुनसान जङ्गलमा हिंस्रक जनावर अनि चोरको बिगबिगी त्यत्तिकै हुुन्थ्यो । उपचार गरी फर्किने क्रममा घारीखहरेको घना जङ्गल बाटोमै एउटा अजिङ्गर जस्तो सर्प सुुतेको रहेछ । छोराको चिन्ताले मनमा अनेक कुुरा खेलेका हुुँदाहुुन् त्यसमा पनि एक्लो जङ्गलको हिँडाई अनि दिउँसोको प्रचण्ड गर्मी । पक्कै पनि मन एकोहोरो भएको हुुँदो हो । त्यो बाटो छेकेर सुुतेको सर्प देखिएनछ । पुुच्छरमा टेकेको सर्प मान्छेभन्दा अग्लो भएर उभिदिएछ । धन्न आक्रमण गरेनछ, सायद उसले पनि केही दयाभाव पो राख्यो कि ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ३ गते मंगलबार