कोहलपुर प्राइड लिग खेल्न कोहलपुर पुगे ऐरी र बम



कोहलपुर ।

‘क्याम्पा’ कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सेमिफाइनल खेल खेल्न राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरी र लोकेश बम कोहलपुर आइपुगेका छन् । शनिबार आज ऐरी र बम सेमिफाइन खेल खेल्न कोहलपुर आइपुगेका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान समेत रहेका ऐरी र बमलाई प्रतियोगिता संयोजक विनयक गिरीले खादा र माला लगाएर कोहलपुरमा स्वागत गरे । भोलि हुने सेमिफाइनल खेलमा ऐरी र बम एक अर्काको प्रतिद्धन्द्धी भएर मैदान उत्रिने संयोजक गिरीले जानकारी दिए ।

उनले बम कोहलपुर स्पोर्टस एकेडेमीबाट र ऐरीले युनाइटेड भिजन क्रिकेट क्बलबाट खेल्ने भएका हुन् । प्रतियोगिता कोहलपुर–११ स्थित कोहलपुर क्रिकेट रंगशालामा फागुन २८ गतेदेखि सञ्चलान भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ३० गते शनिबार