रास्वपा मधेश प्रदेश संस्थापक शर्मा कांग्रेस प्रवेश



काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा०)मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेस प्रवेश गरेकी छन् ।

रास्वपा परित्याग गर्ने घोषणा गरेकी शर्मा जनकपुरधाममा आयोजित कांग्रेसको सभामा पार्टी प्रवेश गरेकी हुन् ।

पार्टी विधि र विधानविपरीत चलेको भन्दै उनले रास्वपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्या गरेको घोषणा गरेकी थिइन् ।

पार्टीमा खटिएका क्षमतावान रास्वपा कार्यकर्ताहरूको मूल्यांकन नभएको आरोप लगाउँदै पार्टी छोडेकी हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ६ गते बुधबार