नेपालबाट विश्वकपमा तीनपटक खेल्ने एकमात्र खेलाडी सोमपाल



जारी टी२० विश्वकप क्रिकेट प्रतियोगितामा वेस्ट यीण्डजविरुद्ध खेलेसँगै सोमपाल कामी नेपालको लागि तीन विश्वकप खेल्ने एक मात्र खेलाडी बने । अघिल्ला दुई खेलमा बेन्चमा रहेका कामीले वेष्ट इन्डिज विरुद्ध स्पीनर शेर मल्लको स्थानमा पहिलो रोजाईँमा अटाएसँगै इतिहास रचेका हुन् ।

सोमपालले सन् २०१४ मा बंगलादेशमा भएको टी२० विश्वकपमा नेपालले डेब्यु गर्दा पहिलो पटक खेलेका थिए । डेब्यु विश्वकप देखि नेपालले खेलेको त्यसपछिका दुवै विश्वकप खेलेपछि सोमपाल नेपालबाट तीन विश्वकप खेल्ने पहिलो र एकमात्र खेलाडी बनेका हुन् । उनले टी२० विश्वकपमा नेपालका लागि सर्वाधिक ७ खेल पनि खेलेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ३ गते आइतबार