जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । ६ जनाको घटनास्थल, २ जनाको कोटिला स्वास्थ्य चौकी र अन्य ५ जनाको डडेल्धुरा अस्पताल ल्याउँदा बाटोमै मृत्यु भएको हो । घाइते ३४ जनामध्ये ९ जनालाई डडेल्धुरा अस्पतालबाट रेफर गरिएको छ । डडेल्धुरा अस्पतालबाट १२ जना घाइते डिस्चार्ज भएका छन् भने ११ जना उपचाररत छन् । ४ जना घाइतेको बझाङको देउलेख स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
बैतडी ।
बैतडीको पुर्चौडी नगरपालिका–७, भौने गाउँ बिहीबार बिहेको उल्लासमा थियो । दिनभर बिहेको कामकाज सकेपछि बेलुकीतिर बेहुलीलाई घरबाट बिदाइ गरियो । बेहुलीको घर भौते गाउँबाट बझाङको बित्थडचिर गाउँपालिका–७, लघुणासा लागि हिडेको केहीबेरमा बिहेको उल्लास शोकमा परिणत भयो । जन्ती बोकेको बस पुर्चौडी–७ बढ्गाउँमा दुर्घटना भयो ।
यो घटनाले भौने र लघुणासा गाउँलाई शोकमा डुबाएको छ । बेहुला–बेहुलीसँगै जीपमा बेहुलीका भाइ सोमराज थिए । पछि पछि हुँइकिरहेको पवनदूत यातायातको सु.प्र. ०२९००१ ख १११९० नम्बरको बसमा अर्का भाइ सुशिल र जन्ती चढेका थिए । बस जन्तीले खचाखच भरिएको थियो । बिहेको खुशी लिएर यात्रा सुरु भएको १५ मिनेट मात्र भएको थियो, मढगाउँ मोडमा पुग्दा उकालोमा बस एक्कासी बन्द भयो । पछाडि गुड्दै भीरबाट खस्यो ।
‘चालकले प्रयास गर्दा पनि बस रोकिएन । पछाडि गुडेर भीरबाट बस खस्यो,’ बसबाट हाम फालेर ज्यान जोगाएका अम्मरराज जोशी भन्छन्, ‘उत्तिसको रूख रहेछ, त्यहीँ अड्किएँ ।’ जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । ६ जनाको घटनास्थल, २ जनाको कोटिला स्वास्थ्य चौकी र अन्य ५ जनाको डडेल्धुरा अस्पताल ल्याउँदा बाटोमै मृत्यु भएको हो ।
घाइते ३४ जनामध्ये ९ जनालाई डडेल्धुरा अस्पतालबाट रेफर गरिएको छ । डडेल्धुरा अस्पतालबाट १२ जना घाइते डिस्चार्ज भएका छन् भने ११ जना उपचाररत छन् । ४ जना घाइतेको बझाङको देउलेख स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । मृतक र घाइते बेहुला र बेहुली पट्टीका आफन्त, इष्टमित्र धेरै छन् । दुर्घटनामा घाइते बेहुलीका भाइ सुशीलको उपचारको लागि डडेल्धुरा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
बित्थडचिर–७ लघुणासाका बुवाछोरा र दाजुभाइले नै दुर्घटनामा ज्यान गुमाएका छन् । ४० वर्षीय केशवराज जोशी र उनका १३ वर्षीय छोरा अशोकले घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जन्ती गएका नरेन्द्र र विष्णु जोशी दाजुभाइ पनि घर पुग्न पाएनन् । ४२ वर्षीय नरेन्द्र र उनका भाइ ४१ वर्षीय बिष्णुको दुर्घटनामा मृत्यु भयो । बेहुलाका काका नाता पर्ने उनीहरू ढलेपछि परिवारमाथि बज्रपात परेको छ ।
नरेन्द्र बित्थडचिर–६ का वडा सचिव थिए भने विष्णु बित्थडचिरको लीमस्थित महादेव माध्यमिक विद्यालयमा शिक्षक थिए । उनीहरूका भतिज (दाजुका छोरा) ३५ वर्षीय वसन्तराज जोशीको पनि घटनास्थलमै मृत्यु भएको छ । उनी कृषि प्राविधिक थिए । केदारस्युँ गाउँपालिका–४ का ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला र पुर्चौडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थीको घटनास्थलमै मृत्यु भएको थियो ।
वित्थडचिर–७ लाघुणासाका १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी, ४५ वर्षीय किसनदत्त जोशी र केदारस्युँ गाउँपालिका–७ का २७ वर्षीय केशवराज भट्टको पनि मृत्यु भएको थियो । लाघुणासाका मात्रै ८ जनाले ज्यान गुमाए । जन्तीको पर्खाइमा रहेका गाउँले शोकमा डुबेका छन् । बित्थडचिर गाउँपालिका–७ का वडाध्यक्ष दिनेश अधिकारीका अनुसार दुर्घटनामा मृत्यु भएका गाउँलेको शव देउलेख पु¥याइएको छ ।









प्रतिक्रिया दिनुहोस्