सुदूरपश्चिम प्रदेश स्थानीय सेवा विधेयक समितिमा पठाइयो



सुदूरपश्चिम ।

सुदूरपश्चिम प्रदेशसभामा दर्ता भएको सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) (पहिलो संशोधन) विधेयक विषयगत छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ । प्रदेशसभामा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले पेश गरेको प्रस्तावमा विरोध नभएको कारण विधेयक सिधँै समितिमा पठाइएको हो ।

समितिले विधेयकको दफाबार छलफल गरी आवश्यक सिफारिस प्रस्तुत गर्नेछ । यस्तै, डडेल्धुराबाट स्वतन्त्र रूपमा प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (२)बाट निर्वाचित प्रदेशसभा सदस्य ताराप्रसाद जोशीले प्रदेशसभा पदबाट राजीनामा दिएको जानकारी गराइएको छ ।

माघ ७ गते जोशीले आफ्नो पदबाट राजीनामा दिएका थिए । जोशी हाल डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् ।सभामुख भिमबहादुर भण्डारीले सभामा यो राजीनामा स्वीकृत भएको जानकारी गराएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १९ गते सोमबार