युवा सङ्घको अध्यक्षमा गुरुङ चयन



काठमाडौँ ।

नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद् प्रथम बैठकले उपाध्यक्ष महाराज गुरुङलाई सङ्घको अध्यक्ष चयन गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल, सचिव महेश बस्नेत, सचिव भानुभक्त ढकाललगायत नेताहरुको उपस्थितिमा भएको बैठकमा अध्यक्ष क्षितिज थेबेले उपाध्यक्ष गुरुङलाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।

सङ्घको गत जेठ १४ गते पोखरामा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित थेबे आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रहेका छन् । अध्यक्षको जिम्मेवारी पाएलगत्तै गुरुङले पद तथा गोपनीयताको सपथ पनि लिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रबार