प्रधानमन्त्री सुशीला कार्कीले युवाहरुले नेपालमा नै अवसरको पहिचान गर्नुपर्ने बताएकी छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले स्वदेशमा नै बसेर मुलुक बनाउनुपर्ने भन्दै नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई आह्वान गरिन् ।
प्रधानमन्त्री कार्कीले अवसर नभएका ठाउँमा नयाँ अवसरहरूको सिर्जना गरेर जहाँ गए पनि नेपालले गर्व गर्न सक्ने नागरिक भएर अघि बढ्न पनि आग्रह गरिन् । खुला विश्वविद्यालयबाट विज्ञान, स्वास्थ तथा प्रविधि सङ्काय, सामाजिक शास्त्र तथा शिक्षा सङ्काय र व्यवस्थापन तथा कानुन सङ्कायका पाँच सय ४५ दीक्षित गरेकी हुन् । सोही अवसरमा स्नातक र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई कुलपति पदकसमेत वितरण गरिकएको थियो ।
प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार









प्रतिक्रिया दिनुहोस्