कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च



कर्णाली :  कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको तथ्यांक सार्वजनिक गरिएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय तथ्यांक कार्यालयद्वारा आयोजित ‘नेपालमा शिक्षा र समावेशिता तथा बालबालिकाको अवस्था’ विषयक प्रदेशस्तरीय सार्वजनिकीकरण कार्यक्रममा छात्राको विद्यालय छोड्ने दर उच्च देखाएको तथ्यांक सार्वजनिक गरिएको हो ।
राष्ट्रिय तथ्याङक कार्यालय सामाजिक तथ्यांक महाशाखाका निर्देशक राजन सिलवालले आफ्नो प्रस्तुति राख्दै राष्ट्रिय जनगणना २०७८ को नतिजामा आधारित तथ्यांकअनुसार कर्णालीमा १८–१९ वर्ष उमेरका छात्राले विद्यालय छोड्ने गरेका बताए । उनका अनुसार यसरी पढ्ने उमेरमै विद्यालय ड्ने छात्राहरू करिब १९ प्रतिशत छन् ।
महाशाखाका निर्देशक सिलवालका अनुसार ५–९ र १०–१४ वर्ष उमेर समूहका बालबालिकाको विद्यालयमा उपस्थित हुने दर ९१ प्रतिशत छ । समग्रमा उमेर र तह बढ्दै जाँदा विद्यालय÷क्याम्पस छोड्ने दर पनि बढ्दै गएको उनले बताए ।  यसले कर्णालीको शैक्षिक पहुँच र पूर्वाधारको अवस्था कमजोर छ भन्ने स्पष्ट पार्ने उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १० गते शनिबार