झापा ५ मा ओलीको चुनावी कमान्डर बने दाहाल



झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालन संयोजकमा देवेन्द्र दाहाल र सहसंयोजकमा दीपक कार्की तथा मेनुका काफ्ले तोकिएका छन्।गौरादहमा बसेको निर्वाचन क्षेत्र नम्बर ५ को समन्वय कमिटी बैठकले ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको केन्द्रीय सदस्य दीपक कार्कीले जानकारी दिए।

उनका अनुसार परिचालन कमिटी मातहत ९ वटा उपसमिति गठन गरिएका छन्।परिचालन समितिमा निर्वाचन क्षेत्रमा घर भएका केन्द्रीय कमिटी सदस्य, केन्द्रीय आयोग तथा केन्द्रीय विभागका वर्तमान र निवर्तमान पदाधिकारीलाई जिम्मेवारी दिइएको छ। प्रदेश कमिटी सदस्य, प्रदेश लेखा कमिटी, विभाग र सल्लाहकारहरूलाई पनि परिचालन कमिटीमा समेटिएको छ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १० गते शनिबार