काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध लगिएको उजुरी निर्वाचन कार्यालयले दर्ता गर्न अस्वीकार गरेको छ । तोकिएको समय सकिएपछि आएको ठोस प्रमाणबिनाको उजुरी कार्यालयले हिजै फिर्ता गरिदिएको हो ।

निर्वाचन कार्यालय स्रोतका अनुसार तामाङसँग जर्मनीको पीआर भएकाले उम्मेदवारीका लागि योग्य नहुने भन्दै उजुरी दिन खोजिएको थियो । यद्यपि, उजुरीकर्तासँग त्यस्तो पुष्टि गर्ने प्रमाण नरहेको स्रोतले बतायो । आशिका लामो समय जर्मनीमा बसेर त्यहीँको नागरिकसँग विवाह गरेकी छिन् । उनीहरूका दुई सन्तान पनि छन् । आशिकाले नेपालको नागरिकता–पासपोर्ट भने त्यागेकी छैनन् । उनले जर्मटीको ‘टिआर’ लिएकी थिइन् । यो कार्डको प्रावधान अनुसार ६ महिनाभन्दा बढी समय देशबाहिर रह्यो भने स्वतः निष्क्रिय हुन्छ ।
आशिका नेपाल र जर्मनी आउजाउ गरिरहन्थिन् । नेपाल आएका बखत सामाजिक कार्यमा सक्रिय हुन्थिन् । उनले नेपालमा सरसफाइको क्षेत्रमा गरेकी छन्, भने धेरै गरिब दुखीहरूलाई सहायता पनि गरेकी छन् । जेनजी आन्दोलनमा उनले घाइतेहरूलाई अस्पताल र घर–घरमा पुगेर सहयोग गर्दै सबैको स्याबासी पाएकी थिइन् । आशिकालाई रास्वपाले उनकै जन्मस्थान रहेको धादिङ १ मा टिकट दिएको हो । निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकृत एकराज अधिकारीले आशिका तामाङविरुद्ध कुनै पनि उजुरी दर्ता नरहेको पुष्टि गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्