धनगढी ।
सुदूरपश्चिम प्रदेश सभाका सदस्य डाक्टर तारा प्रसाद जोशीले आफ्नो पदबाट राजीनामा दिएका छन्। डडेल्धुरा निर्वाचन क्षेत्र १ (ख) बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित हुनुभएका जोशीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने तयारीका साथ राजीनामा दिएका हुन्।
डाक्टर जोशीले २०८२ माघ ४ गते इमेलमार्फत प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी समक्ष राजीनामा पेस गरेका थिए । उनी यसअघि स्वतन्त्र सांसदको रूपमा रहे पनि अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डडेल्धुरामा प्रतिनिधिसभाको उम्मेदवार बन्ने पक्का भएको छ।
प्रदेश सभा नियमावली, २०८० को नियम १९४ बमोजिम उनको राजीनामा स्वीकृत भई प्रदेश सभा सचिवालयले पद रिक्त भएको सूचना जारी गरिसकेको छ।
डाक्टर जोशी २०७९ को निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवारलाई पराजित गर्दै डडेल्धुराबाट प्रदेश सभामा विजयी भएका थिए। उनले आगामी फागुनमा हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनमा रास्वपाको तर्फबाट प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्