नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्ष विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रिय समितिलाई स्वीकार्ने अवस्थामा आइपुगेको छ । उक्त समूहले आफ्नो रणनीतिका विषयमा छलफल गर्न आइतबार गरेको भेलाबाट हाललाई निर्वाचनमा होमिने निर्णय गरेको हो । उक्त भेलामा बोल्दै नेता कोइरालाले पार्टी निर्णय मानेर निर्वाचनमा होमिन आफूनिकट नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
काठमाडौंको बत्तिसपुतलीमा भएको भेलामा बोल्दै नेता कोइरालाले पार्टी विवादबारे अदालतले जे आदेश दिए पनि मान्ने गरी अहिले निर्वाचनमा होमिन आग्रह गरेका हुन् ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई मान्यता दिएपछि निवर्तमान सभापति शेरबहादुर देउवानिकट नेताहरू त्यसको विरोधमा सर्वोच्च अदालत गएका छन् । देउवा पक्ष अदालत गए पनि कोइराला पक्ष भने अदालतमा उपस्थित भएका थिएनन् । यसअघि कांग्रेसकै नेतृ सुजाता कोइरालाले पनि महाधिवेशनको निर्णयलाई मानेर अघि बढ्नुपर्ने धारणा सार्वजनिक गरिसकेकी छन् ।









प्रतिक्रिया दिनुहोस्