शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय सभा बैठक



राष्ट्रिय सभाको १९ औँ अधिवेशनको पहिलो बैठक राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको छ । आइतबार भएको बैठकले अध्यक्ष नारायणप्रसाद दाहालद्वारा प्रस्तुत गरेको शोक प्रस्तावे पारित गरेको हो ।

पति रामचन्द्र पौडेलले गत भदौ ३१ गते राष्ट्रियसभाको १८औँ अधिवेशन अन्त्य गरेका थिए । त्यसयता पहिलोपटक बैठक बसेको हो । निर्वाचन आयोगले यही माघ ११ गते राष्ट्रियसभाको १९ सदस्यका लागि निर्वाचनको तयारी पनि गरेको छ ।

गत पुस ३० गते निधन भएका राष्ट्रियसभा सदस्य बोहराले २०२२ सालमा अखिल भारतीय नेपाली विद्यार्थी संघको सदस्यता लिएर राजनीतिक जीवन सुरु गरेका थिए । पाँच वर्ष जेल जीवन बिताएका बोहरा कञ्चनपुर काँग्रेसको संस्थापक नेता पनि हुन् । बोहरा २०७० सालमा संविधान सभा सदस्यसमेत रहेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार