विधानविपरीत आयोगले निर्णय नगरे देशव्यापी आन्दोलन गर्छाैं : पूर्णबहादुर खड्का



शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यवाहक सभापति पूर्णहादुर खड्काले निर्वाचन आयोगले आफूहरूलाई मान्यता नदिए देशैभरि आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

पार्टीको विवादबारे शुक्रबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै खड्काले यस्तो चेतावनी दिएका हुन् । ‘षड्यन्त्र र दबाबमा परेर आयोगले काग्रेसको विधानविपरीत निर्णय गरे देशभर आन्दोलन गर्नुको विकल्प छैन,’ खड्काले भने, ‘हामी वडातहसम्मै आन्दोलन गर्छौं ।’

पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगले अध्ययन गरिरहेका बेला खड्काले पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार