सुनको भाउ २ लाख ७० हजार नाघ्यो



काठमाडौं ।

सुनको भाउ फेरि २ लाख ७० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज प्रतितोला २ हजार ८ सय रुपैयाँले सुन महँगिएको हो ।

महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ तय गरेको छ । यसअघि पुस १३ गते पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । यो मूल्य नै उच्च हो ।

अघिल्लो दिन सुन तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । चाँदी आज तोलामा २१० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७८० रुपैयाँमा चाँदी कारोबार भएकोमा आज ४ हजार ९९० रुपैयाँ पुगेको छ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार