प्रचण्डको सायरी उद्धृत गर्दै रहबरले दिए राजीनामा



काठमाडौं ।

नेकपा माओवादी केन्द्रबाट जितेका मधेश प्रदेश सांसद  रहबर अन्सारी पार्टी छाडेका छन्। नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् ।

राजीनामा पत्रमा भनिएको छ, ‘साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको छ । म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ । यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु।’

प्रचण्डले केही दिनअघि नेकपा एकता सन्देशसभामा गाएको ‘इन्कलाब’ गीतका हरफ सम्झाउँदै रहबरले राजीनामा पत्र पठाएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार