बालेन र कुलमान पक्षलाई समेटेर रास्वपाले थप्यो ४ पदाधिकारी



काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्री कुलमान घिसिङलाई समेट्न पदाधिकारीको संख्या थप गर्ने निर्णय गरेको छ ।  आइतबार (पुस २०) पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टी एकीकरण र विस्तारका क्रममा बालेन र कुलमानसँग भएको सम्झौता कार्यान्वयनका लागि पार्टी विधान संशोधनमा समावेश हुने पदाधिकारी थप गरिने प्रवक्ता मनीष झाले बताए ।

उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता एकएक जना थप गर्ने निर्णय रास्वपाले गरेको छ । यसअघि कुलमानलाई उपसभापति बनाउने सहमति गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार