कविता प्रतियोगितामा कोहलपुरकी छात्रा केनिता प्रथम



कोहलपुर ।

कविशिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीको अवसरमा लेखनाथ नगरपालिका पोखरामा आइतबारदेखि त्रिदिवसीय कार्यक्रम सुरु भएको छ । लेखनाथ पौड्यालको १४२औँ जन्मजयन्ती त्रिदिवसीय रूपमा विभिन्न कार्यक्रमहरुसहित सम्पन्न गर्ने लक्ष्य राखिएकोमा आइतबार लेखनाथ काव्य परिचर्चा तथा राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा २५० वढी कविहरूको प्रतिस्पर्धामा गद्य कवितातर्फ ज्ञान बहुमुखी क्याम्पस कोहलपुर– ११ बाँकेकी छात्रा केनिता गिरीले प्रथम स्थान हासिल गरी रू २० हजार नगद राशिसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मानित भएकी छन् ।

कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका पूर्वकुलपति साहित्यकार सरुभक्तले विजयी कविहरूलाई पुरस्कार तथा प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालको स्वागतबाट सुरू भएको कार्यक्रमको अध्यक्षता लेखनाथ लायन्स क्लबका अध्यक्ष लायन बोधराज लामिछानेले गरेका थिए ।

राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा गद्यतर्फ केनिका गिरी प्रथम, उमाकान्त पोखरेल द्वितीय र सुदिना पौडेलले तृतीय स्थान हासिल गरेका थिए भने छन्दतर्फ रामलाल कुमाल प्रथम, प्रेमनारायण ढकाल द्वितीय, श्रीधर पाण्डेय र कृष्णप्रसाद पौडेलले तृतीय स्थान हासिल गरेको थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १४ गते सोमबार