कैलाली कारागारबाट सात ठाउँमा कैदीबन्दी स्थानान्तरण



धनगढी ।

कैलाली कारागार प्रशासनले कारागार घटनामा घाइते भएका कैदीलाई सात ठाउँमा स्थानान्तरण गरेको छ । कारागारले २९ जना कैदीबन्दीलाई सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लासहित अन्यत्र पनि स्थानान्तरण गरेको हो । साउन २३ गते राति भएको हिंसात्मक घटनामा ४८ जना कैदीबन्दी घाइते भएका थिए भने एक जनाको मृत्यु भएको थियो ।

उपचारपश्चात् निको भएका २९ जना कैदीबन्दी स्थानान्तरण भइसकेको जेलर चिरञ्जिवी सापकोटाले जानकारी दिए । एक जना भने कैद भुक्तान गरेर रिहा भएका छन् । कारागार प्रशासनले कञ्चनपुर र डडेल्धुरामा ६÷६ जना, बाँकेको नौबस्ता र काठमाडौँमा पाँच÷पाँच जनालाई स्थानान्तरण गरेको छ ।

यसैगरी डोटीमा तीन, बझाङमा तीन र नवलपरासीमा एकजनालाई स्थानान्तरण गरिएको छ । अब १८ जना कैदीबन्दीमात्रै स्थानान्तरण गर्न बाँकी रहेका छन् । उनीहरूमध्ये एकजनाको अझै सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने निको भएका १७ जनालाई कोभिड अस्पतालमा राखिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २० गते शुक्रबार