काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्न तयार भएका छन् । रास्वपा सभापति रवि लामिछानेसँगको एक्ला एक्लै दुई चरणको छलफल पछि रवि र बालेन एकै ठाउँमा उभिन सहमत भएका हुन् ।
विश्वस्त स्रोतले सिधाकुरालाई बताए अनुसार अहिले सहमतिको अन्तिम खाकाको प्राविधिक काम सक्न दुवै पक्षका नेताहरू आन्तरिक गृहकार्यमा छन् । सहमतिअनुसार बालेन रास्वपाको नीति, नेतृत्व संगठन,झण्डा र निर्वाचन चिन्ह घण्टी स्वीकार गर्न तयार भएका छन्। रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिने छ ।
रवि रास्वपाको सभापति रहने छन् । सहमतिको खाका तयार गरिरहेका नेताका अनुसार रास्वपाको प्रधानमन्त्री बालेन्द्र शाह हुनेछन्। बालेनले रास्वपामा कुनै पनि साङ्गठनिक जिम्मेवारी दावी नगरेको पनि दुई पक्षको भनाई छ। तर,बालेनले जेनजी प्रतिनिधीलाई कसरी समेट्ने भनेर चासाे व्यक्त्त गरिरहेका छ









प्रतिक्रिया दिनुहोस्