चितवन ३ बाट रेनु दाहाल एकल सिफारिस



चितवन ।

नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट आगामी संसदीय निर्वाचनमा चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सर्वसम्मत सिफारिस भएकी छन् । पार्टीको क्षेत्र नम्बर ३ को आज बसेको बैठकले क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाका मेयर दाहाललाई प्रतिनिधिसभा उम्मेदवारको लागि एकल सिफारिस गरेको हो ।

आजको बैठकबाट आगामी फागुन २१ गते तोकिएको संसदीय निर्वाचनको लागि उनको मात्रै एकल नाम सिफारिस भएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १० गते बिहीबार