आचारसंहिता उल्लंघन गर्ने सामाजिक सञ्जाललाई कारबाही



काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ४८ वटा सामाजिक सञ्जाल खातालाई कारबाही गरेको छ । फेसबुक तथा युट्युबका ती खाताहरूले अश्लील, उत्तेजक सामग्रीहरू प्रेषित गरिहेको काउन्सिलको विशेष अनुगमनबाट पत्ता लागेपछि कारबाही गरिएको हो । गलत, अफवाहपूर्ण, गालीगलौजयुक्त, राष्ट्रियता र स्वाधिनताविरुद्ध सामाजिक सद्भाव खलल पार्ने, हिंसालाई बढावा दिने, उत्तेजक किसिमबाट अतिरञ्जित शीर्षक एवं थम्बनेल बनाई जनमानसमा भ्रम र त्राश फैलाउनु प्रचलित कानुन एवं पत्रकार आचारसंहिताविपरीत कार्य भएको काउन्सिलले जनाएको छ ।

अनुगमनको क्रममा मिडियाअन्तर्गत आबद्ध र मिडियाकै झल्को दिने गरी सञ्चालित सामाजिक सञ्जाल (युट्युब च्यानल÷फेसबुक पेज)बाट यस्तो कार्य भइरहेको देखिएको थियो । ती खाताबाट सम्प्रेषित सामग्री प्रथम दृष्टिमै आचारसंहिता प्रतिकूल देखिएकोले कारबाही प्रक्रिया सुरु गरिएको हो । मिडियाअन्तर्गत आबद्ध भएका २५ वटालाई आचारसंहिता प्रतिकूल सामग्री सम्पादन÷स्थगन गरी काउन्सिलाई जानकारी गराउन भनिएको छ । अब उप्रान्त त्यस्ता सामग्री सम्प्रेषण नगर्न÷नगराउन निर्देशन एवं सचेत गराइएको छ ।

त्यसैगरी मिडियाकै झल्को दिने तर दर्ता÷अभिलेख नभएका पत्रकारिताकै बदनाम गर्ने गरी सञ्चालित १० वटालाई त्यस्ता सामग्री स्थगन गर्न र नियमानुसार दर्ता÷अभिलेख गरी सही सामग्री सम्प्रेषण गर्न÷गराउन निर्देशन एवं सचेत गराइएको छ । कुनै सम्पर्क ठेगाना नभएका १३ वटालाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी, साइबर ब्युरोमा पत्राचार भएको काउन्सिलले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ११ गते बिहीबार