जीतबहादुर शाह
बालबालिकाहरूको अधिकार, कल्याण र उनीहरूको आवाजलाई उजागर गर्नका लागि विश्वव्यापी रूपमा मनाइने एक महत्वपूर्ण दिवस हो । विश्व बाल दिवस हरेक वर्ष नोभेम्बर २० मा मनाइन्छ जुन दिन आज परेको छ । यो दिन संयुक्त राष्ट्र« संघले बाल अधिकारसम्बन्धी घोषणापत्र सन् १९५९ मा पारित गरेको दिन र बाल अधिकारसम्बन्धी महासन्धि सन् १९८९ मा पारित गरेको दिनको वार्षिकोत्सव हो । यो महासन्धी इतिहासमा सबैभन्दा बढी देशहरूले अनुमोदन गरेको अन्तर्राष्ट्रि«य मानव अधिकार सन्धि हो । यसका मुख्य उद्देश्य भनेको बालबालिकाहरूबीच अन्तर्राष्ट्रि«य सद्भाव र विश्वव्यापी चेतनालाई बढावा दिनु, विश्वभरका बालबालिकाहरूको कल्याणमा सुधार ल्याउनु र प्रत्येक बच्चाको अधिकार सुरक्षित र परिपूर्ति होस् भनेर वकालत गर्नु रहेको छ । धेरै देशहरूले आफ्नो राष्ट्रिय बाल दिवस फरक मितिमा मनाउँछन् । नेपालमा पनि राष्ट्रिय बाल दिवसको नाममा यो दिवस हरेक वर्ष भाद्र २९ गते (सेप्टेम्बर १४ को आसपास) मनाइन्छ । यस मितिले नेपालले संयुक्त राष्ट्र संघको बाल अधिकारसम्बन्धी महासन्धिलाई सन् १९९० मा अनुमोदन गरेको दिनको स्मरण गराउँछ । बाल अधिकारसम्बन्धी महासन्धिले बालअधिकारको रूपमा हरेक बच्चालाई (भेद्भाव बिना) बाँच्न पाउने अधिकार, विकासको अधिकार (शिक्षा, स्वास्थ्य, पोषण र खेलकुद), संरक्षणको अधिकार (हिंसा, शोषण र दुव्र्यवहारबाट मुक्ति) र सहभागिताको अधिकार (उनीहरूलाई असर पार्ने निर्णयहरूमा आफ्नो विचार व्यक्त गर्न पाउने अधिकार) लाई व्याख्या गरेको छ ।
बालबालिकाका उल्लिखित अधिकारहरूको संरक्षण जगर्ना र विकासका लागि संयुक्त राष्ट्र संघले युनिसेफमार्फत बालदिवसको अवसर पारेर बालबालिकाको अधिकारको संरक्षण र उनीहरूको कल्याणको लागि विश्वव्यापी रूपमा काम गर्छ । यस संस्थाले विश्व बाल दिवसको अवसरमा विशेष कार्यक्रमहरू आयोजना गर्छ र विश्वभरका नेताहरू, सरकारी अधिकारीहरू र नागरिक समाजलाई बालबालिकाको अधिकारलाई प्राथमिकता दिन आग्रह गर्छ । यो दिन युनिसेफले बालबालिकाहरूलाई ‘टेककओभर’ कार्यक्रमहरूमार्फत महत्वपूर्ण भूमिकाहरू (जस्तैः मिडिया, राजनीति वा खेलकुदको क्षेत्रमा) प्रदान गरी उनीहरूको आवाजलाई सुन्न प्रोत्साहन गर्छ । युनिसेफले शिक्षा, स्वास्थ्य, पोषण र बाल संरक्षण जस्ता क्षेत्रमा भएका चुनौतीहरू र प्रगतिहरूको बारेमा विश्वभर जागरूकता फैलाउँछ । नेपालमा बालबालिकाको क्षेत्रमा युनिसेफले महत्वपूर्ण र व्यापक कार्यहरू गर्दै आएको छ । यसले नेपाल सरकार, विभिन्न साझेदार संस्थाहरू र स्थानीय समुदायहरूसँग मिलेर बालबालिकाको अधिकार सुनिश्चित गर्न काम गर्छ । नेपालमा युनिसेफले गरेका मुख्य कार्यहरू अन्तर्गत स्वास्थ्य र पोषण, शिक्षा, बाल संरक्षण, सामाजिक नीति र बाल अधिकार वकालत र मानवीय सहायता हुन् । स्वास्थ्य र पोषणअन्तरर्गत सुरक्षित प्रसूति सेवा, नवजात शिशुको हेरचाह र खोप कार्यक्रमहरूमा सरकारलाई सहयोग पु¥याउने, विशेषगरी अति विपन्न र दुर्गम क्षेत्रका बालबालिकाहरूमा कुपोषणको रोकथाम र उपचारका लागि कार्यक्रम सञ्चालन गर्ने र विद्यालय र समुदायहरूमा स्वच्छ खानेपानी, सरसफाइ र शौचालयको पहुँच सुधार गर्न सहयोग गर्ने काम गर्दछ ।
त्यस्तै शिक्षाअन्तर्गत बालबालिकाहरूलाई गुणस्तरीय प्रारम्भिक बाल विकास र आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न सहयोग गर्ने, विशेषगरी बालिका, अपाङ्गता भएका बालबालिका र सीमान्तकृत समुदायका बालबालिकाहरूलाई विद्यालय भर्ना गराउन र बीचैमा पढाइ छोड्ने दर घटाउनका लागि प्रोत्साहन गर्ने र प्राकृतिक विपद् (जस्तै भूकम्प वा बाढी) को समयमा बालबालिकाको शिक्षालाई निरन्तरता दिनका लागि अस्थायी सिकाइ केन्द्रहरूको स्थापना र शैक्षिक सामग्री उपलब्ध गराउने काम गर्दछ । यसैगरी बालसंरक्षणको क्षेत्रमा युनिसेफले बालबालिकाविरुद्ध हुने शारीरिक, मानसिक हिंसा, बालश्रम, बालविवाह र बेचबिखन रोक्नका लागि कानुनको कार्यान्वयन र सामाजिक जागरूकता बढाउन सहयोग गर्ने, बालबालिकाका लागि मैत्रीपूर्ण न्याय प्रणालीको विकास गर्न नेपाल प्रहरी र न्यायिक निकायहरूसँग सहकार्य गर्ने र द्वन्द्व, विपद् वा आघातबाट प्रभावित बालबालिकाहरूलाई मनोसामाजिक परामर्श र सहयोग उपलब्ध गराउने कार्य गर्दछ ।
त्यसरी नै यूनिसेफले सामाजिक नीति र बाल अधिकार वकालतअन्तरगत बाल अधिकारसम्बन्धी महासन्धिको कार्यान्वयनका लागि नेपाल सरकारलाई नीतिगत सहयोग गर्ने, बालबालिका केन्द्रित सामाजिक सुरक्षा कार्यक्रमहरू र नगद हस्तान्तरण योजनाहरू प्रभावकारी बनाउन सहयोग गर्ने र बालबालिकाको अवस्थासम्बन्धी विश्वसनीय तथ्यांक संकलन, विश्लेषण र प्रयोगमा सरकारलाई प्राविधिक सहयोग प्रदान गर्ने कार्य गर्दछ भने मानवीय सहायता अन्तरगत युनिसेफले नेपालमा भूकम्प, बाढीपहिरो, र कोभिड–१९जस्ता ठुला विपद्हरूको समयमा अग्रपंक्तिमा रहेर बालबालिका र उनीहरूका परिवारलाई अत्यावश्यक सामग्री र सेवाहरू (जस्तैः पानी, सरसफाइ किट, खोप र स्वास्थ्य सेवा) उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको छ ।
नेपालमा युनिसेफले बालबालिकाको सर्वाङ्गीण विकासका लागि वार्षिक करोडौँ अमेरिकी डलर खर्च गर्ने गरेको छ, तथापि युनिसेफले नेपालमा वर्षेनी गर्ने लगानीको रकम स्थिर हुँदैन । यो रकम धेरै कुराहरूमा निर्भर गर्छ जस्तै युनिसेफले सामान्यतया नेपाल सरकारसँगको सहकार्यमा ५ वर्षको लागि एक देश कार्यक्रम ९ऋयगलतचथ एचयनचबmmभ० तयार पार्छ । यस कार्यक्रमको आवश्यकता, लक्ष्य र प्राथमिकताहरूको आधारमा वार्षिक बजेट फरक पर्न सक्छ । युनिसेफको लगानी विभिन्न अन्तर्राष्ट्रिय दाता राष्ट्रहरू, परोपकारी संस्थाहरू र निजी क्षेत्रले उपलब्ध गराएको स्वेच्छिक योगदानमा निर्भर गर्छ । यो योगदान हरेक वर्ष फरक हुन सक्छ । नेपालमा भूकम्प, बाढी वा महामारी (जस्तै कोभिड–१९) जस्ता ठूला मानवीय संकट आउँछन् भने, युनिसेफको लगानी ह्वात्तै बढ्छ । यस्तो अवस्थामा लगानीको ठूलो हिस्सा आपत्कालीन सहायता र पुनर्लाभका लागि छुट्याइन्छ । नेपाल सरकारले बालबालिकाको क्षेत्रमा राखेका प्राथमिकता र मागहरूका आधारमा पनि युनिसेफको वार्षिक सहयोग रकम निर्धारण हुन्छ । यूनिसेफले गर्ने अधिकांश लगानी स्वास्थ्य र पोषण, शिक्षा, वाल संरक्षण र खानेपानी र सरसफाइका क्षेत्रहरू रहेका छन् । लगानीका मोडालिटीहरूमा सरकारलाई सामग्री र परामर्श सेवा प्रदान, नगद सहयोग र स्थानीय गैरसरकारी संस्थाहरूमार्फत कार्यक्रम सञ्चालन पर्दछन् । युनिसेफको सहयोगमा नेपालमा सञ्चालन भएका कार्यक्रमहरूका उपलब्धिहरू पनि उल्लेख्य छन् । नवजात शिशु र ५ वर्ष मुनिका बालबालिकाको मृत्यु दर घटाउनमा उल्लेखनीय सफलता मिलेको छ युनिसेफको खोप कार्यक्रमहरू, सुरक्षित प्रसूतिमा पहुँच र मातृ स्वास्थ्य सुधारमा सहयोग महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ ।
नेपाललाई पोलियोमुक्त राष्ट्र घोषणा गर्नमा युनिसेफको खोप आपूर्ति र राष्ट्रिय खोप कार्यक्रम व्यवस्थापनमा सहयोग निर्णायक रह्यो । हरेक वर्ष ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रव्यापी रूपमा भिटामिन ए क्याप्सुल वितरण कार्यक्रमलाई सहयोग र यसको संस्थागत गर्नमा मद्दत पुग्यो । प्राथमिक विद्यालयमा खुद भर्ना दरलाई उल्लेखनीय रूपमा बढाउन मद्दत पुगेको छ । प्रारम्भिक बाल विकास केन्द्रहरूको स्थापना र पाठ्यक्रम विकासमा सहयोग गरी बालबालिकाको विद्यालय तयारीमा सुधार ल्याउने काममा योगदान पुगेको छ । भूकम्प २०७२ र अन्य प्राकृतिक प्रकोपहरू पछि विद्यालयहरूको पुनर्निर्माण, अस्थायी सिकाइ केन्द्रहरूको स्थापना र शैक्षिक सामग्री उपलब्ध गराएर बालबालिकाको शिक्षामा निरन्तरता दिने काममा सफलता मिलेको छ । त्यसैगरी यूनिसेफले बालसरक्षणको क्षेत्रमा नेपालले सन् १९९० मा बाल अधिकारसम्बन्धी महासन्धि अनुमोदन गरेपछि यसको कार्यान्वयनका लागि कानुनी तथा नीतिगत संरचनाहरू निर्माण गर्न युनिसेफले महत्वपूर्ण प्राविधिक सहयोग प्रदान गरेको छ । बाल संरक्षण नीति र संयन्त्रहरूको विकास गरी हिंसा, शोषण, दुव्र्यवहार, बालश्रम र बालविवाह रोक्नका लागि सरकारी निकाय र प्रहरीसँग सहकार्य गरेको छ । बालबालिकालाई न्यायमा पहुँच सुनिश्चित गर्नका लागि बालमैत्री प्रहरी एकाइ र अदालतहरू स्थापना गर्न सहयोग गरी उनीहरूको सुरक्षालाई प्राथमिकता दिएको देखिन्छ ।
त्यसरी नै पानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने राष्ट्रिय अभियानमा युनिसेफको भूमिका निकै महत्वपूर्ण रह्यो । यसले समुदायहरूमा सरसफाइ र स्वच्छताको चेतना बढाउन सहयोग पुग्यो । विद्यालयहरूमा स्वच्छ खानेपानीको पहुँच, शौचालयको निर्माण र स्वच्छतासम्बन्धी शिक्षा प्रदान गर्न सहयोग पुग्यो । यूनिसेफले जस्तै बालबालिकाको क्षेत्रमा सेभ द चिल्ड्रेनले पनि नेपालका साठी भन्दा बढी जिल्लाहरूमा सयभन्दा बढी गैरसरकारी संस्थाहरूसँगको सहकार्यमा बालबालिकाका अधिकारहरूको संरक्षण र प्रवर्धनका लागि दशकौँदेखि नेपालमा काम गरिरहेको छ । नेपाल सरकार यूनिसेफ सेभ द चिल्ड्रेन लगायत विभिन्न संघसंस्था र नागरिक समाजको प्रयास फलस्वरुप यूनिसेफले नेपाल सरकारलाई बालविवाह अन्त्य गर्ने राष्ट्रिय रणनीति बनाउन र कानुन कार्यान्वयनमा सहयोग गरेको छ । स्थानीय तहमा बालक्लब र किशोरी सशक्तिकरण कार्यक्रमहरू मार्फत केही समुदायमा चेतना र बालविवाह रोकिएको घटनाको सङ्ख्या बढेको छ । तथापि नेपालमा बालविवाहको दर (विशेषगरी दक्षिण एशियाली मुलुकहरूको तुलनामा) अझै उच्च छ र सामाजिक मान्यताका कारण यसलाई हटाउन कठिन छ । नेपालमा बालविवाहको तथ्यांक सामान्यतया नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार नेपालमा १८ वर्ष नपुग्दै विवाह गर्ने महिला ३१ प्रतिशत (करिब) रहेका छन् भने १८ वर्ष नपुग्दै विवाह गर्ने पुरुष १७ प्रतिशत (करिब) रहेको देखिन्छ । त्यसैगरी १५ वर्ष नपुग्दै विवाह गर्ने महिला ७ प्रतिशत (करिब) रहेको देखिन्छ ।
बालविवाहको उच्च दर सबैभन्दा बढी तराई क्षेत्र (विशेष गरी मधेश र लुम्बिनी प्रदेशका केही भाग) मा रहेको छ । यी क्षेत्रहरू शिक्षा र आर्थिक हिसावले पनि कमजोर रहेका छन् । यूनिसेफले नेपाल सरकारलाई प्रारम्भिक बाल विकाससँग जोडेर सकारात्मक अभिभावकत्वका मोडलहरू विकास गर्न सहयोग गरेको छ । यसले बालबालिकाको विकासमा अभिभावकको भूमिकाबारे नयाँ चेतना जगाएको छ । नतिजा सकारात्मक भए पनि, यो कार्यक्रम देशभरका सबै अभिभावकसम्म पुग्न सकेको छैन् । कार्यक्रमको प्रभाव सीमित स्थानमा सकारात्मक देखिए पनि यसको मापन र एकीकरण गर्नुपर्ने चुनौती छ । अभिभावक शिक्षाको पहुँच सहरी क्षेत्रमा मात्र सीमित हुनु र यसलाई राष्ट्रव्यापी रूपमा कार्यान्वयन गर्ने संयन्त्र बलियो चुनौतीको रूपमा देखिएका छन् । त्यसरी नै गुणस्तरीय शिक्षाका लागि यूनिसेफले शिक्षा क्षेत्र विकास योजनामा सहयोग गरेको छ । विद्यालय क्षेत्र सुधारको पहलमा प्राविधिक सहयोग प्रदान गरेको छ । यसले पाठ्यक्रम सुधार, समावेशी शिक्षा नीति र सुरक्षित विद्यालय वातावरण निर्माणमा योगदान पु¥याएको छ । नतिजाको प्रकृतिः भौतिक पहुँच (स्कुल भवन) मा राम्रो नतिजा आए पनि सिकाईको गुणस्तर सुधार गर्न लामो समय लाग्छ ।
युनिसेफको सहयोगले नीतिगत सुधारमा बल पु¥याएको छ, तर यसको प्रभाव कक्षाकोठासम्म पुग्नका लागि सरकारी कार्यान्वयन क्षमता र शिक्षकको समर्पणमा भर पर्छ । विद्यालयमा भर्ना दर बढेपनि सिकाई उपलब्धिमा अपेक्षित सुधार र शिक्षक तालिम तथा शिक्षण विधिलाई आधुनिकीकरण गर्ने काम अझैपनि चुनौतीकै रूपमा रहेको छ । सारमा भन्नुपर्दा, नेपालका बालबालिकाहरूमा तुलनात्मक रूपले केही सुधार देखिए पनि प्रमुख सुधार हुन बाँकी नै छ । कतिपय अभिभावकहरूले बालबालिका जन्माएर अभिभावकीय भूमिका निर्वाह गर्नुको सट्टा सडकतिर पठाइदिएको अवस्था पनि छ । कतिपय अभिभावकले बालबालिकाहरूलाई शिक्षा दिने नाममा उनीहरूका बालापनका रहरहरू निमोठेर निर्दयतापूर्वक पठनपाठनमा लगााएको अवस्था पनि छ ।
विद्यालयमा भइरहेका बालबालिकामाथिका हेपाइ, हिंसा र दुव्र्यवहारका कारण बालबालिकाहरू गलत निर्णयका सिकार समेत भएको अवस्था पनि छ । बालक शारीरिक रूपमा कमजोर भएको निहुँमा उसलाई मानसिक रूपले समेत आघात पर्नेगरी शिक्षक र अभिभावकले ऊमाथि उसको विरुद्धमा मनलाग्दी व्यवहार र मनलाग्दी निर्णय गर्नु हुँदैन जो अहिले पनि घरघरमा भइरहेको अवस्था छ । विश्व बालदिवस मनाउने क्रममा सरकार, यूनिसेफ र सचेत नागरिकहरूको ध्यान यसतर्फ पनि पुगोस्, हाम्रो कारणले कुनै पनि बालबालिकाले रुनु र तड्पिनु पनि नपरोस् र आफ्ना रहरहरूलाई दाहसंस्कार गरेर अरु कसैका रहरहरू काँधमा बोकेर पनि कुनै पनि बालबालिकाले हिड्नु नपरोस् । विश्व बालदिवसको पुनित अवसरमा हार्दिक शुभकामना ।









प्रतिक्रिया दिनुहोस्