किरण मोबाइल सेन्टरको बम्पर उपहार



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुरस्थित एनटिभी रोडमा रहेको किरण मोबाइल सेन्टरले दसैँ तिहार बम्पर उपहार घोषणा गरेको छ । आइतबार एक औपचारिक कार्यक्रमका बीच सेन्टरले बम्पर उपहार घोषणा गरेको हो । दसैँ र तिहारलाई लक्षित गरेर सेन्टरले सुरु गरेको बम्पर उपहारमा आइफोन १३ र खसी रहेका थिए । भदौ १६ गतेबाट सुरु भएको अभियान कात्तिक १५ गतेसम्म सञ्चालन भएको थियो ।

सेन्टरका सञ्चालक किरण रेग्मीका अनुसार बम्पर उपहार अभियानमा २५ सय १३ जनाले सहभागिता जनाएका थिए । उपहार घोषणा भएको दिनदेखि हालसम्म सेन्टरबाट इलेक्ट्रोनिक्स सामग्री खरिद गरेका ग्राहकहरूमध्येबाट दुईजना भाग्यमानी ग्राहकहरूले बम्पर उपहार प्राप्त गरेका हुन् । लक्की ड्रमार्फत घोषणा गरिएको उपहारमा हस्तकला रावलले खसी उपहार प्राप्त गरिन् ।

रावलले शनिबार मात्रै किरण मोबाइल सेन्टरबाट ४० हजार रूपैयाँको मोबाइल खरिद गरेकी थिइन् । उनले खसी उपहार पाउँदा खुसी लागेको बताइन् । खसी विजेता रावललाई दोसल्ला र अविर ग्रहणसहित सम्मान गरिएको थियो । उनले भनिन्, ‘सुरुमा त फोन आउँदा होइन होला जस्तो लागेको थियो । यहाँ आउँदा त साँच्चै रहेछ । खुसी लाग्यो ।’

यस्तै बम्पर उपहार योजनाअन्तर्गत कोहलपुर– १ कौशिलानगरकी देवीका शाहीले आइफोन १३ जितिन् । आइफोन १३ को अहिलेको बजार मूख्य ८० हजार चार सय रूपैयाँ रहेको छ । विजेता शाहीले आफ्ना बुबाका लागि किरण मोबाइल सेन्टरबाट १९ हजारको मोबाइल खरिद गरेकी थिइन् ।

उनले भनिन्, ‘म घरमा थिएँ । मलाई पर्ला भनेर सोँचेकी थिइनँ । आइफोन १३ मोबाइल जित्नुभयो भनेर फोन गर्दा अच्चममा परेँ । त्यसपछि यहाँ आएँ । एकदमै खुसी छु ।’ किरण मोबाइल सेन्टरले गत वर्ष सुरु गरेको बम्पर उपहारमा उक्त वर्ष १२ सय ८६ जनाले सहभागिता जनाएका थिए। यसपटक गत वर्षको भन्दा दोब्बर २५ सय १३ जनाले सहभागिता जनाएको किरण मोबाइल सेन्टरले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १७ गते सोमबार